एसियन कप छनौट: नेपाल र जोर्डन आज भिड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एसियन कप छनौट अन्तर्गत समुह चरणको पहिलो खेलमा नेपालले आज बलियो टोलि जोर्डन विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

नियमित पहिलो रोजाईको १० खेलाडीलाई समावेश नगरी प्रशिक्षक अब्दुल्लाहले यसपटक नयाँ खेलाडीहरुलाई मौका दिएका छन्।

किरण चेम्जोंगको अनुपस्थितिमा एन्फाले बिगत ६ बर्ष देखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा चुनेको छ।

एसियन कप छनोटका लागि कतारमा अभ्यास गरेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमान र टिमोर लेस्ते संग मैत्रीपूर्ण खेल खेलेको थियो।

उनको कप्तानीमा नेपालले कस्तो प्रदर्शन गर्ने हो त्यो हेर्न बाँकी नै छ तर प्रशिक्षक अब्दुल्ला भने नेपाली टोलीलाई लिएर सकारात्मक देखिएका छन्। 

‘हामीलाई दबाब छैन । किनभने हाम्रो समूहमा हामी ४ पोर्टको राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन,’ प्रि म्याच कन्फरेन्समा अलमुताईरीले भने, ‘यस खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ ।’ उनले बताए

जोर्डनले भने छनोटको तयारीस्वरुप यसै महिनामा बलियो टोली अष्ट्रेलिया विरूद्ध २-१ को पराजय व्यहोरेको थियो।

अब दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ र समुहको अन्तिम खेलमा जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ।

नेपालले अहिलेसम्म जोर्डनविरुद्ध कुल ४ खेल खेल्दा तिन खेलमा पराजय र एकमा बराबरी नतिजा निकालेको छ। 

सन् २०११ मा विश्वकप छनौटमा उसकै घरेलु मैदानमा बेहोरेको ९-० को नेपालको जोर्डन विरुद्धको अहिलेसम्मकै सर्वाधिक खराब नतिजा रहेको छ। 

छनोटअन्तर्गत नै नेपालले पछिल्ला दुई खेलमा जोर्डनविरुद्ध ३-० को समान हार बेहोरेको थियो।

नेपालले आउँदो एसियन कपमा सहभागिता जनाउनका लागि समूह चरणमा शीर्ष स्थान हात पार्न सके सोझै छनौट हुनेछ। 

दोस्रो स्थान हात पारेको खण्डमा प्लेअफ खेल्नुपर्ने प्रक्रिया रहेको छ। खेल नेपाली समय अनुसार बेलुकि एक बजे हुनेछ।

 

Leave a Reply

Next Post

रोबिन भान पर्सिले टेन ह्यागको प्रस्ताबलाई किन अस्विकार गरे?

Wed Jun 8 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पूर्व म्यानचेस्टर युनाइटेड स्ट्राइकर रोबिन भान पर्सीलाई एरिक टेन ह्यागको प्रस्ताव अस्विकार गरेको बताएका छन्। टेन ह्यागको नेतृत्वमा ओल्ड ट्राफोर्डमा सहायक प्रशिक्षकको रूपमा फर्कने मौकालाई रोबिनले अस्वीकार गरेको खुलाएका छन्। भान पर्सी हाल डच टोलि फेयेनुर्डको पहिलो टोली र युवा सेट-अप प्रशिक्षक हुन्। म्यानचेस्टर युनाइटेड सधै आफ्नो […]
%d bloggers like this: