नामिविया विरुद्ध नेपालले ब्याटिंग गर्दै, यस्तो छ सुरुवाती ११

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत नामिविया विरुद्धको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ। 

स्कटल्यान्ड स्थित क्यामबसडुन अन्तर्राष्ट्रिय मैदानमा हुन गईरहेको खेल, नेपालको पाँचौ त्रिकोणात्मक सिरिज अन्तर्गत रहेको छ।

जुन १० देखि सुरु भएको शृंखलामा नामिवियाले आफ्नो पहिलो खेल खेलिसकेको छ।

घरेलु टोली स्कटल्यान्ड विरुद्ध भएको पहिलो खेलमा नामिबियाले ७७ रनको पराजय व्यहोरेको थियो। 

स्कटल्याण्डले दिएको २५९ रनको विजय लक्ष्य पछ्याएको नामिविया ४३ ओभरमा १८१ रनमा समेटिएको थियो।

आजको सुरुवाती ११ खेलाडी:

सन्दीप लामिछाने

देव खनाल

दिपेन्द्र सिंह ऐरी 

रोहित पौडेल 

आरिफ शेख

आसिफ शेख

करण केसी

कुशल भुर्तेल

बसिर अहमद 

सोमपाल कामी

आदिल आलम अन्सारी

 

Leave a Reply

Next Post

म्यानचेस्टर युनाईटेड र लिभरपुल भिड्दै

Mon Jul 11 , 2022
n  सामने हुने भएका छन्।  जसअन्तर्गत इंग्लिस फुटबलका दुई महारथी म्यानचेस्टर युनाईटेड र लिभरपुल आपसमा भिड्दै छन्।  इंग्लिस प्रिमियर लिगमा सर्वाधिक रुचाइने मध्येको यस खेल आउँदो जुलाई १२ मा एसियाली राष्ट्र थाइल्यान्डमा हुँदैछ।  दुबै टोलीले आउँदो सिजनको तयारीका लागि आ-आफ्नो टोली थाइल्याण्डमा पठाइसकेका छन्।  लिभरपुलले आफ्नो प्रि सिजनको टोलीमा कीर्तिमानी […]
%d bloggers like this: