हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो चौथो त्रिकोणात्मक सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ।
संयुक्त राज्य अमेरिकामा नेपालले आज शीर्षस्थानमा रहेको टोली बलियो ओमान विरुद्ध प्रतिस्पर्धा गर्दैछ।
मोसा क्रिकेट मैदानमा ओमान विरुद्धको खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ।
घरेलु मैदान भन्दा बाहिरका सिरिजहरुमा संघर्ष गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आजको खेलमा जित हात पार्न अत्यावश्यक रहेको छ।
नेपालसँगै विश्व क्रिकेट लिगमा रहेको घरेलु टोली अमेरिकाले शीर्ष चारमा आफ्नो स्थान बनाइरहँदा,नेपाल भने अन्तिम दोस्रो स्थानमा रहेको छ।
भारतमा सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा छनौट र आफ्नो एकदिवसीय वरियताका कायम गर्न लाइ पनि नेपालले शीर्ष पाँचमा पर्न जरुरी छ।
प्रतियोगितामा सर्वाधिक खेल्दै सर्वाधिक जित सहित शीर्ष स्थानमा रहेको ओमानको पछिल्लो नतिजा भने राम्रो छैन।
घरेलु टोली संयुक्त राज्य अमेरिका विरुद्ध पछिल्लो खेलमा ११४ रनले हार बेहोरेको ओमानले पछिल्ला पाँच खेलमा दुईमा जित र तिन पराजय व्यहोरेको छ।
ओभरसिजमा पछिल्ला १० खेलमा राम्रो ओपनिंग साझेदारी बनाउन नसकेको नेपाललाई पहिलो रोजाईका खेलाडीको अनुपस्थितिले भने सताउन सक्ने छ।
नेपालका दुबै पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल चोटका कारण आजको खेल गुमाउने छन्।
नेपालका तर्फबाट जारी विश्वकप क्रिकेट शृंखलामा सर्वाधिक रन बनाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि यसपटक टोलीमा समावेश छैनन्।
मध्यक्रममा पनि नेपाललाई ज्ञानेन्द्र मल्लले जस्तै डोहोर्याउने इनिंगको कमी भएमा नेपालले आजको खेल गुमाउन सक्ने प्रबल सम्भावना छ।
अघिल्लो अभ्यास खेलमा शतक प्रहार गरेका रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको पारीले नेपाली ब्याटिंगको खाका तय गर्नेछ।
तर पछिल्ला चार खेलमा तिन जित निकालेको नेपाली टोलीविरुद्ध ओमानले आफ्नो दबाबपूर्ण इतिहासलाई दोहोर्याउने लक्ष्यका साथ मैदानमा उत्रनेछ।