सिनियर र यु १९ दुवै टोलिले युएई विरूद्ध प्रतिस्पर्धा गर्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| केही वर्षयता नेपाली राष्ट्रिय क्रिकेट टोलीको चिर प्रतिद्वन्दी बन्दै आएको युएई विरूद्ध, आज राष्ट्रिय टोलीका सिनियर र यु १९ टोलि भिड्दै छन्।

यू- १९ टोलीले सन् २०२४ को विश्वकप छनौटको अन्तिम खुड्किलोको रुपमा युएईलाई आफ्नो प्रतिद्वन्द्वी पाएको छ।

एशिया छनौट अन्तर्गत, समूह चरणको अन्तिम खेलमा युएईलाई हराउन सकेको खण्डमा नेपालले ८ बर्षपछि यु १९ विश्वकपमा पुनरागमन गर्नेछ।

दुवै टोलीले अहिलेसम्म आफ्ना सम्पूर्ण खेल जितिसकेका छन् र शिर्ष स्थानको बर्चश्वका लागि आज प्रतिस्पर्धा गर्नेछन।

नेपालको भन्दा बलियो रनरेटका कारण युएई हाल प्रतियोगितामा शीर्ष स्थानमा रहेको छ।

दोस्रो स्थानमा रहेको नेपाललाई भने विश्वकपमा स्थान बनाउनका लागि आजको खेलमा युएईलाई हराउनै पर्ने दबाब रहेको छ।

त्यसैगरी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत, हाल युएई भ्रमणमा रहेको नेपालि सिनियर टोलीले, सिरिजको दोस्रो खेलमा यूएई विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगितामा शीर्ष ५ मा रहनु र विश्वकप छनौट सँगै एकदिवसीय मान्यता पनि कायम राख्नु वर्तमान नेपाली क्रिकेटको पहिलो लक्ष्य रहेको छ।

जसअन्तर्गत आज हुने खेलमा यूएईलाई हराउन सकेको खण्डमा, नेपाल जारी प्रतियोगितामा शीर्ष पाँचमा प्रवेश गर्नेछ।

सिनियर टोलीको खेल नेपाली समय अनुसार बिहान ११ : ४५ मा सुरु हुनेछ।

Leave a Reply

Next Post

उमेर समूहमा फर्किएको उमङ्ग

Thu Mar 2 , 2023
हाम्रो नेपाल स्पोर्ट्स| दुबईमा सम्पन्न भएको यु १९ विश्वकप छनौट प्रतियोगिताको अन्तिम खेलमा, युएइलाई पराजित गर्दै नेपालको उमेर समुह, विश्वकपमा फर्किएको छ। एसिया क्षेत्र तर्फबाट अन्तिम ६ टोलीबीच भएको प्रतिस्पर्धामा, शीर्ष स्थानमा रहने टोलीले विश्वकपमा आफ्नो स्थान बनाउने प्रावधान थियो।  जसअन्तर्गत युएई र नेपाल दुवैले, प्रतियोगितामा समान ४ जित हासिल […]
%d bloggers like this: