हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| केन्या विरुद्धको अन्तराष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ।
केन्यामा नेपाली टोलीले ५ अन्तर्राष्ट्रिय टि-ट्वान्टी र तीन एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्नेछ।
नेपाल क्रिकेट संघले सोमबार विदाई कार्यक्रम राख्दै राष्ट्रिय क्रिकेट टोली अपरान्न त्यस तर्फ प्रस्थान गर्ने बताएको छ।
भदौ ९ गतेदेखि चल्ने अन्तर्राष्ट्रिय टि-ट्वान्टी सिरिजको मुख्य उद्देश्य नेपाली टोलीको वरीयतालाई सुधार गर्नु रहेको छ।
सन् २०२४ मा हुने टि २० विश्वकपमा वरियताले सोझै विश्वकपमा जाने बाटो खुलाईदिएपछि, नेपाली टोली त्यसका लागि केन्या जाने भएको हो।
एकदिवसीय शृंखला भने भाद्र १७ बाट २० सम्म चल्ने बताईएको छ।
श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि मनोज प्रभाकरले जिम्मेवारी लिईसकेका छन्।
केन्या प्रस्थान गर्नुअघि मनोज प्रभाकरले मिडियामा बोल्दै आफूलाई केही समय दिन सके नेपालको ब्याटिङ तथा क्रिकेटमा फड्को मार्ने विश्वास जताएका छन्।
नेपाल क्रिकेट संघले कप्तान सन्दिप लामिछानेको नेतृत्वमा केन्या जाने टोलीको घोषणा गरिसकेको छ।
यसपटक पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लामो समयपश्चात क्रिकेट टोलीमा पुनरागमन गर्न सफल भएका छन्।
त्यसैगरी विकेटकिपर ब्याट्सम्यान अर्जुन शाह पहिलोपटक राष्ट्रिय क्रिकेट टोलीमा पर्न सफल भएका छन्।
नेपाली टोली :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख, आरिफ शेख (विकेट किपर), दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद ( विकेट किपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो, विवेक यादव
टी-द्वान्टी तालिका
पहिलो टी-द्वान्टी भदौ ९ गते
दोस्रो टी-द्वान्टी भदौ १० गते
तेस्रो टी-द्वान्टी भदौ १२ गते
चौथो टी-द्वान्टी भदौ १३ गते
पाँचौ टी-ट्वान्टी भदौ १४
एकदिवसीय
-पहिलो खेल भदौ १७ गते
दोस्रो खेल भदौ १८ गते
-तेस्रो खेल भदौ २० गते