यस्तो छ नेपालको विश्वकप छनौट समीकरण

हाम्रो नेपाल स्पोर्ट्स | दुबईमा जारी आइसीसी यु १९ विश्वकप छनौट एसिया अन्तर्गत, समूह चरणमा लगातार चौथो जित निकाल्दै नेपाल विश्वकप नजिक पुगेको छ।

छनौट चरणको चौथो खेलमा मलेसियालाई १० विकेटको भारी अन्तरले पराजित गर्दै, नेपाल झण्डै एक दशकपछि विश्वकपमा फर्कने संघारमा देखिन्छ।

छनौट अन्तर्गत समूह चरणमा शीर्ष स्थान हात पारेको खण्डमा, नेपालले सन् २०२४ मा हुने अन्डर नाइन्टिन विश्वकप प्रतियोगितामा सहभागिता जनाउने छ।

प्रतियोगितामा नेपाल सहित युएई, मलेशिया, सिंगापुर, कुवेत र हंगकंगले प्रतिस्पर्धा गरिरहेका छन्।

समूह चरणमा पाँच मध्ये चार खेलमा शतप्रतिशत जित निकालेको नेपालले, आफ्नो अन्तिम खेलमा आयोजक राष्ट्र युएईलाई पराजित गर्न सकेको खण्डमा विश्वकपको टिकट काट्ने छ।

पछिल्लोपटक सन् २०१६ मा यु १९ विश्वकप खेलेको नेपाल, त्यसका पछाडिका लगातार दुई संस्करणमा सहभागिता जनाउन असफल रहेको थियो।

प्रतियोगिता अन्तर्गत समूहचरणका अहिले सम्मको खेलमा नेपालले सिंगापुरलाई ९६ रन, कुवेतलाई २४३ रन, हङकङलाई ९ विकेट र आज मलेसियालाई १० विकेटले पराजित गरेको छ।

नेपालले जस्तै अहिलेसम्म प्रतियोगितामा कुनै पनि हार नबेहोरेको युएई, बलियो नेट रनरेटका आधारमा प्रतियोगितामा हाल शीर्षस्थानमा रहेको छ।

जसका कारण युएई विरुद्धको खेल, नेपाललाई जुनसुकै अवस्थामा पनि जित्नु पर्ने देखिन्छ।

नेपाल र युएई का लागि शीर्षस्थान विश्वकपको अन्तिम खुड्किलो रहेको हुँदा, अन्तिम खेल निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ।

नेपाल र युएई विचको अन्तिम खेल आउँदो बिहिबार हुँदैछ।

Leave a Reply

Next Post

विश्वकपको सपना संगै एकदिवसीय मान्यताको आश

Wed Mar 1 , 2023
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| आइसिसी विश्व क्रिकेट लिग २ अन्तर्गत, युएईमा जारी त्रिकोणात्मक शृंखलामा नेपालले विहिबार घरेलु टोलि युएईको सामना गर्दैछ। जारी प्रतियोगितामा हालसम्म २९ खेल खेलेर तालिकामा छैठौं स्थानमा रहेको नेपालका लागि, घरेलु टोली विरुद्धको खेल निकै महत्वपूर्ण हुने देखिन्छ। भारतमा यसै वर्ष हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सहभागिताका […]
%d bloggers like this: