ऐतिहासिक अवसरबाट नेपाल बन्चित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| वर्षाका कारण नेपाली महिला क्रिकेट टोली एसीसी महिला टि-ट्वान्टी प्रतियोगिताबाट बाहिरिएको छ

युएईले दिएको केवल ८२ रनको विजयी लक्ष्य पुरा गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने लक्ष्य राखेको नेपालि टोलि मैदानमा उत्रन पाएन

नेपालका तर्फबाट अस्मिना कर्मचार्यले शानदार बलिङ गर्दै यो युएईको ब्याटिंगलाई धरासायी बनाएकी थिइन्

तर प्रतियोगिताको नियमले नेपाललाई एउटा राम्रो प्रतियोगितामा पुग्ने अवसरबाट वञ्चित गराएको छ 

यति ठूलो प्रतियोगिता गराएर रिजर्भ डे राख्न नसक्नु प्रतियोगिताको अर्को कमजोरी हो 

यसमा पनि सेमिफाइनल जस्तो संवेदनशील स्थानमा पुगेर नेपालले खेल पूरा गर्न नसक्नु निन्दनीय छ 

प्रतियोगिताको फाइनलमा पुगेको खण्डमा नेपालले आउँदो महिला एसियन कपमा प्रतिस्पर्धा गर्न पाउने अवसर रहेको थियो

नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हो। युएई समूह विजेताको कारण फाइनलमा पुगेको हो। 

जितेर पहिले बलिङ गर्ने निर्णयलाई सही ठम्याउँदै नेपाली बलरहरुले शानदार स्पेल निकालेका थिए

अश्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिंदा इन्दु बर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन्। सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन्।

नेपाली बलरहरु स्तरीय बलिङ सामु यु.ए.ई का कुनैपनि ब्याटरहरु टिकेर खेल्न सकेनन्। 

फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् जसमध्ये यु.ए.ई ले आफ्नो स्थान बनाइसकेको छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाईल्यान्ड छन्।

प्रतियोगिता भरिमा नेपालले कुल ४ खेल खेल्दा ३ मा जित र एकमा पराजय बेहोरेको थियो। 

सुरुवाती तीन खेलमा शतप्रतिशत जित निकाल्दै नेपाल समूह चरणमा एक खेलमा अगाबै सेमिफाइनलमा पुगेको थियो।

समर्थनको अन्तिम खेलमा हङकङविरुद्ध  पराजित भएको नेपाल उपविजेताको हैसियतमा समूह ए को विजेता यूएईविरुद्ध सेमिफाइनलमा उत्रिएको थियो। 

Leave a Reply

Next Post

लिभरपुल फर्किएलान त वाईनाल्डम?

Fri Jun 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले जर्जिनियो वाईनाल्डमलाई क्लब छोड्न अनुमति दिने रिपोर्ट फ्रान्सेली मिडियाहरुले दिएका छन्। लिभरपुलबाट गत समरमा तीन वर्षको सम्झौतामा वाईनाल्डम फ्रान्सेली राजधानीमा अनुबन्धित भएका थिए।  पछिल्ला पाँचमा बर्षमा लिभरपुलमा प्रभावशाली प्रदर्शन गर्न सफल भएपछि पीएसजीले फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गरेको थियो। बार्सिलोना जाने निश्चित भइसकेको अवस्थामा पेरिसले […]
%d bloggers like this: