हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लीग तथा क्यानडा भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज बिदाई गरिएको छ।
जुलाईको दोस्रो साताबाट स्कटल्याण्डमा हुनगइरहेको विश्वक्रिकेट लिग अन्तर्गतको पाँचौं त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली क्यानडा प्रस्थान गर्ने भएको हो।
क्यानडामा यसअघि दुई टिट्वेन्टी र दुई एकदिवसीय खेलको तालिका सार्वजनिक भएपनि व्यवस्थापनमा चुक्दा टीट्वेन्टी शृंखला भने अन्योलमा परेको छ।
नेपालले क्यानडा विरुद्ध अब दुईवटा एकदिवसीय खेल खेल्नेछ। खेल जुलाई ४ र जुलाई ५ मा खेलाईनेछ।
एकदिवसीय सिरिज सुरु हुनुभन्दा अगाडि नेपालले १ तारिखमा क्यानडाको स्थानीय टोलीविरुद्ध अभ्यास खेल खेल्नेछ।
क्यानडामा एकदिवसीय सिरिज सकेपछि नेपाली टोलि, विश्व क्रिकेट लिगको त्रिकोणात्मक सिरिज खेल्न स्कटल्याण्ड लाग्नेछ।
स्कटल्याण्डमा हुने सीरीज नेपालको विश्व क्रिकेट लिगमा पाँचौं रहेको छ। स्कटल्याण्डमा नेपालले घरेलु टोली स्कटल्याण्ड र नामिबियासँग खेल्नेछ।
स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ।
नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ।
हाल विश्व क्रिकेट लिग २ को तालिकामा पाँचौ स्थानमा रहेको नेपाली टोलि जारि प्रतियोगितामा संघर्षरत रहेको छ।
अमेरिकामा ओमान र घरेलु टोली संयुक्त राज्य अमेरिका विरुद्ध भएको श्रृंखलामा नेपालले दुई खेलमा पराजय एकमा बराबर र एक जितको नतिजा निकालेको थियो।
प्रतियोगिताको शीर्ष पाँचमा रहने टोलीले भारतमा सन् २०२३ मा भारतमा हुने एकदिवसीय क्रिकेटको छनोट चरणमा सहभागिता जनाउन पाउनेछन्।
नेपाली टोलि :
सन्दीप लामिछाने, आदिल अन्सारी, रोहित पौडेल, बशीर अहमद, कुशल भुर्तेल, किशोर महतो, आसिफ शेख, पवन सर्राफ, देव खनाल, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी