फुटको क्रिकेट, लाजमर्दो नतिजा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइसिसी विश्वकप लिग अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजको तयारीका लागि नेपाली टोलि क्यानडामा छ। 

तयारीका लागि घरेलु टोली विरुद्धको दोस्रो एकदिवसीय खेलमा भने नेपाली राष्ट्रिय क्रिकेट टोलीले पचाउनै गाह्रो हुने लज्जास्पद हार व्यहोरेको छ।

यो पराजयलाई ढाकछोप गर्नका लागि यदि कसैले केही बोल्छन् भने ती मानिसले क्रिकेट खेल्न वा हेर्न छाडिदिए पनि हुन्छ। 

केवल १८९ रनको लक्ष्य पछ्याउन नसक्ने हाम्रा ब्याट्सम्यानहरु संग क्षमतानै छैन बाहिर खेल्नलाई।

यो एउटा खेलको मात्र नतिजा हैन पछिल्लो ८ महिनाको ओभरसिज प्रदर्शनले यहि बताएको छ।

पराजय पनि त्यस्तो घरेलु टोली संग, जसले विश्वकप छनोटमा नेपालसँग लज्जास्पद पराजय व्यहोरे पश्चात सोही स्तरको टोलीसँग खेलेको छैन। 

त्यहि घरेलु टोली जसले नेपाल, ओमान जस्ता स्तरीय टोलीहरु विरुद्ध पछिल्लो समय राम्रो नतिजा निकाल्न सकेको छैन। 

तर बारम्बार ब्याट्सम्यानहरुले गैर जिम्मेवारीपूर्ण खेल प्रदर्शन गर्दा नेपाली क्रिकेट टोलीको भविष्य झनझन शिथिल हुँदै गइरहेको छ। 

महत्वपूर्ण खेलहरुमा नेपाली खेलाडीहरूको प्रदर्शनलाई लिएर बारम्बार प्रश्न उठे पनि अहिले भने टोलीमा भएको फुट राम्रैसँग देखिन थालेको छ।

पछिल्लो समय ज्ञानेन्द्र मल्लको टोलीमा अनुपस्थितिलिएर बारम्बार उनको करियर माथी धावा बोलेको आरोप सन्दीपलाई लगाइने गरेको छ। 

तर प्रदर्शनकै आधारमा ज्ञानेन्द्र मल्लले टोलिमा ठाउँ नपाएका हुन् भने अहिलेको टोलीमा यस्ता खेलाडी पनि छन् जसले टोलीबाट बिदाई पाईसक्नुपर्ने थियो।

सामाजिक सञ्चालमा पनि एक्लै लड्छु भन्ने खालका सन्देश दिँदै गरेका नेपाली कप्तान माथि अव चुनौतीको पहाड खडा भएको छ।

उनलाई जानेरै आफ्नो ब्याट्सम्यानहरुले साथ नदिएका हुन् कि? नेपाली खेलाडीमा क्षमता नै नभएको हो कि? प्रश्न जटिल छ। 

ढिला गरेर क्यानडा पुगेको नेपाली क्रिकेट टोलीको क्यानडा भ्रमण त सोझै फ्लप भन्न मिल्छ। 

हुनुपर्ने दुई टि ट्वान्टी शृंखला पनि रद्द हुन पुग्यो, बर्षाका कारण पहिलो एकदिवसिय खेल खेल्न सकिएन।

अभ्यासमा खासै राम्रा स्थानीय टोली परेन छन् भन्ने कुरा हिजोको खेल्ने छर्लंगै बनाईदिएको छ। 

यस्तै लाजमर्दा ब्याटिंग स्कटल्यान्ड विरुद्धको खेलमा जित त परै जाओस राम्रो प्रदर्शन गर्ने पनि अपेक्षा गर्न सकिंदैन।

Leave a Reply

Next Post

ज्लाटन अझै एसी मिलानमै बस्ने

Thu Jul 7 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्व फुटबलका स्टार तथा स्विडिस खेलाडी ज्लाटन इब्रहिमोभिच, थप एक वर्षका लागि एसी मिलनमै बस्ने भएका छन्। इब्राहिमोभिचले अर्को सिजन सिरी ए च्याम्पियन एसी मिलानमा रहनको लागि ठूलो पारिश्रमिक कटौती स्वीकार गर्ने बताईएको छ। स्विडेनी स्ट्राइकर हाल घुँडाको चोटबाट ग्रसित रहेका छन् र करिब छ महिनाको रिकभरी […]
%d bloggers like this: