स्कटल्याण्ड विरुद्ध नेपालको ऐतिहासिक जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|आइसिसी विश्वकप क्रिकेट लीग अन्तर्गत स्कटल्याण्ड विरुद्ध नेपालले आफ्नो पहिलो र ऐतिहासिक जित हात पारेको छ। 

स्कटल्याण्डले दिएको १४५ रनको बिजयी लक्ष्यलाई ५ विकेटले पन्छाउँदै, नेपालले आफ्नो अपराजित यात्रालाई टुंग्याउन सफल भएको हो।

यसअघि स्कटल्याण्ड विरुद्ध भएका पाँचवटै खेलमा नेपालले पराजय बेहोरेको थियो।

जितसँगै नेपालले स्कटल्यान्ड भ्रमणमा आफ्नो पहिलो जित हात पारेको छ। यसअघि नामिबिया विरुद्ध भएको खेलमा नेपालले पराजय बेहोरेको थियो।

स्कटल्याण्डले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालका लागि आसिफ शेखले शानदार ७१ रनको अर्धशतकीय पारी खेले। 

नेपालको लागि पहिलो विकेटका लागि कुसल भुर्तेल र आसिफ शेखले ४७ रनको साझेदारी गरेका थिए।

कुशलले २८ बलमा २४ रन बनाए। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका देव खनाल ४ रनमा समेटिए। रोहित पौडेलले अविजित ३४ रन जोडे।

नेपालका लागि मध्यक्रममा अर्का भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले भने पुनः फितलो ब्याटिङ गर्दै केवल ३ रनमा पेभेलियन फर्किए। 

यसअघि टिटवुड ग्लासगोमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४२.४ ओभरमा सबै विकेट गुमाउदा केवल १४४ रनमा समेटिएको थियो।

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका तर्फबाट मध्य गतिका बलर आदील अन्सारी र तेज गतिका बलर सोमपाल कामीले उत्कृष्ट बलिङ गरे।

स्कटल्यान्डका लागि तल्लो क्रमका ब्याट्सम्यान गाभिन मेनले सर्वाधिक ६४ रनको पारी खेले।

घरेलु टोली स्कटल्यान्ड लागि ६ ब्याट्सम्यानहरुले दोहोरो अङ्क बनाउन सकेनन्।

स्कटल्याण्डको माथिल्लो क्रमलाई ध्वस्त बनाउने क्रममा नेपालका तर्फबाट तेज गतिका बलर सोमपाल कामीले शानदार बलिङ गरे।

१० ओभर बलिंग गरेका सोमपालले ४० रन खर्चिदै ३ महत्वपूर्ण विकेट हात पारे।

उनलाई साथ दिँदै अर्का मध्यम गतिका बलर आडिल अन्सारीले मध्यक्रमलाई तहसनहस बनाए।

१० ओभर बलिङ गरेका आदिले १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिन सफल भए।

जित संगै नेपाल तालिकामा पाँचौ स्थानमा उक्लिएको छ। नेपालले सिरिजको तेस्रो खेल आउँदो शनिवार नामिविया विरुद्ध खेल्नेछ।

 

Leave a Reply

Next Post

मेस्सीलाई पेरिसको नयाँ प्रस्ताव

Thu Jul 14 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली टोली पेरिस सेन्ट जर्मनले लियोनल मेस्सीलाई नयाँ सम्झौताको प्रस्ताव तयार पारेको रिपोर्ट सार्वजनिक भएको छ।  पीएसजी भित्र मार्काको स्रोतका अनुसार लियोनल मेस्सीलाई एक वर्षको सम्झौता लम्ब्याउनका लागि टोलीले सम्पर्क गरेको बताईएको छ। अर्जेन्टिनी खेलाडीले पेरिसमा नयाँ सम्झौतामा हस्ताक्षर गरे सँगै उनको र क्लब विच थप […]
%d bloggers like this: