भयावह अवस्थामा नेपाली ब्याटिंग र एकदिवसीय मान्यता

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग २ अन्तर्गत आफ्नो चौथो त्रिकोणात्मक सिरिज खेल्न नेपाल हाल संयुक्त राज्य अमेरिकामा छ। 

संयुक्त राज्य अमेरिकामा नेपालले ओमान र घरेलु टोली अमेरिका विरुद्ध त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम रहेको छ। 

प्रतियोगिताको पूर्वार्धमा खेलिएको अभ्यास खेलमा नेपाली टोली, अमेरिकाकै स्थानीय नेपाली अल स्टार्ससंग पहिलो खेलमा पराजित हुन पुग्यो।

नेपालका तर्फबाट कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे पनि नेपाललाई एकपटक पुनः ब्याटिङको समस्याले पिरोल्यो।

अभ्यास खेल भएतापनि नेपालको परम्परागत कमजोर ब्याटिङ शैलीले निरन्तरता पाउँदा एकदिवसीय विश्वकप छनौट सम्भावना न्यून हुँदै गएको छाँटकाँट देख्न सकिन्छ। 

प्रतियोगिताको महत्वपूर्ण घडीमा आइपुग्दा नेपालले अबका खेलहरुमा धेरैभन्दा धेरै खेल जितेर समूहमा शीर्ष पाँच स्थान हात पार्नु निकै आवश्यक रहेको छ। 

तर घरेलु मैदान भन्दा बाहेक अन्यत्र खेल आयोजना हुँदा नेपाली टोलीले गर्ने संघर्षले भने खासै राम्रो छाप छोडेको छैन। 

नेपालले संयुक्त राज्य अमेरिका पछि अबको अर्को सिरिज युरोपेली राष्ट्र स्कटल्याण्डमा र त्यसपछि [सम्भव भएमा] नामिबियामा खेल्दैछ। 

घरेलु मैदानमा बाहेक पछिल्ला नौ ओभरसिज एकदिवसीय खेलमा नेपालका लागि ओपनिङ संगै माथिल्लो क्रममा साझेदारी असरदार हुन सकेका छैनन्। 

यी नौ खेलमा नेपालले ५ मा विजयी हासिल गरेको छ भने चारमा पराजय बेहोरेको छ।

जसमा सर्वाधिक कमजोर मानिएको पनि पपुवा न्युगिनीविरुद्ध नेपालले ३ पटक जितेको छ भने ओमान र संयुक्त राज्य अमेरिका बिरुद्ध एक-एक जित निस्किएको छ।

पछिल्ला चार हार मध्ये दुई हार संयुक्त अरब इमिरेट्स विरुद्ध छ भने अन्य दुई अमेरिका र ओमन विरुद्ध रहेका छन्। 

आठ खेलमा नेपाली ओपनरले ४० रनको साझेदारी पनि गर्न सकेका छैनन्। पछिल्ला नौ ओभरसिज एकदिवसिया खेलमा नेपालको सबैभन्दा राम्रो साझेदारी ६६ रनको रहेको छ।

ओपनिंग संगै ८ खेलमा नेपालको तर्फबाट शीर्ष क्रमले दिनुपर्ने साथको कमि रहेको छ।

त्यसमध्ये पनि ९ मध्ये ६ खेलमा नेपालले १०० रन बनाउँदा औसतमा शिर्ष क्रमका ३ देखि ४ खेलाडी गुमाएको छ।

खेलको सुरुवात देखिनै विकेट गुमाई रहँदा, नेपालले चुनौतीपूर्ण स्कोर खडा गर्न नसकेको अवस्था अधिकांश खेलहरुमा देखिएको छ।

प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बाबेबिरुद्धको घरेलु मैदानमै अभ्यास खेलहरुमा राम्रो प्रदर्शन गरेपनि अमेरिकामा भएको खेलले भने पुनः शंका उत्पन्न गराइदिएको छ।

घरेलु मैदान बाहेक ओभरसिजका सिरिजमा आफु बराबरका टोलीहरु बिरुद्ध यसरी लगातार संघर्ष गर्दा नेपालले प्राप्त गरेको एकदिवसीय मान्यता अहिले धरापमा देखिन्छ। 

शीर्ष पाँचमा रहनका लागि नेपालले यस त्रिकोणात्मक शृंखलामा कम्तिमा पनि २ देखि ३ खेल जित्नुपर्ने अवस्था रहेको छ। 

 

Leave a Reply

Next Post

टेन ह्यागलाई समय दिन रोनाल्डोको अपिल

Fri Jun 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले ओल्ड ट्राफोर्डमा सफलता हात पार्नेमा सुपरस्टार रोनाल्डोले समर्थन गरेका छन्। युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि रोनाल्डोको भविष्यको चर्चा एकाएक चुलिएको थियो। युनाईटेडका लागि जारी सिजनमा सबैभन्दा बढी गोल गरेका क्रिस्टियानोले च्याम्पियन्स लिगका लागि म्यान्चेस्टर छाड्न सक्ने आँकलन गरिएको थियो।  […]
%d bloggers like this: