नेपाली यु २० : सुन्दर फुटबल संगै चुनौती पनि

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारी साफ यु २० फुटबल प्रतियोगितामा दुबै खेलमा जित पश्चात नेपाल हाल शीर्ष स्थानमा रहेको छ।

दुबै खेलमा सहज जित निकालेको नेपालले प्रतियोगितामा सबैभन्दा उत्कृष्ट फुटबल खेलिरहेको छ।

उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गर्दा कम्जोर टोलि भन्नेहरुका लागि दोस्रो खेल गतिलो झापड थियो।

उसो त नेपालका प्रशिक्षक मेघराज केसीले पनि करिव दुई महिना यताको अथक प्रयासका कारण प्रतिफल प्राप्त गर्न सफल भएको बताएका छन्।

नेपालमा हुँदा प्रशिक्षक तथा कप्तानले आफूहरुले प्रतियोगिता जित्नकै लागि मेहनत गरिरहेको बताएका थिए।

जितको श्रेय सम्पूर्ण नेपाली टोलीले पाइरहँदा पर्दापछाडि प्रशिक्षक मेघराज केसीले बनाईरहेको खाकालाई पनि बिर्सनुहुँदैन। 

अहिले सम्म नेपालको सवैभन्दा बलियो पक्ष खेल्ने शैलीनै रहेको छ। पोजिशनल खेल पस्किरहेको नेपालको शर्ट पासिंग निकै स्तरिय दखिन्छ।

विशेषगरि रक्षात्मकबाट आक्रमक र आक्रामकबाट रक्षात्मक हुँदाको परिस्थिति [ट्रान्जिसन] मा नेपालको कौशल निखारिएको देखिन्छ।

सुरुवाती केहि समय र विशेषगरि रक्षात्मक अभ्यासमा नेपालले ब्याक थ्री बनाउने गरेको छ। 

दुई सेन्टर ब्याक संगै कहिले एक फुलब्याक त कहिले मिडफिल्डरले डिफेन्समा नेपाललाई न्युमेरिकल एडभान्टेज दिईरहेका हुन्छन्।

फाइनल थर्डमा विपक्षीको लाइनको विचमा रहेर मिडफिल्डर, विंगर र फुल ब्याकको तालमेलले भर्टिकल पेनेट्रेसन देखि ‘स्पेस आक्रमण’ सम्म नेपाल आँफुलाई अनुकुल बनाईरहेको छ। 

विपक्षी माथि बल स्वामित्व ग्रहण गर्ने देखि लिएर कतिबेला आक्रमक बन्ने र कतिबेला रक्षात्मक बन्ने भन्ने कुरा निकै सन्तुलित छ।

केहि मात्रामा अग्रपंक्तिका खेलाडीले विल्ड-अप र खराब टचलाई ट्रिगर मोमेन्ट बनाउँदै प्रेसिंग गरेको भने देख्न सकिन्छ। 

विपक्षीको प्रेसिंगमा नेपाली टोलि रक्षात्मक खेलाडी निकै विश्वस्त देखिएका छन्। बेला मौकामा आफ्नै गल्तिले विपक्षीलाई मौका दिईरहँदा, फोर्स्ड इरोर निकै कम मात्रामा पाईएको छ।

तर विल्ड अप हुँदा डिफेन्सिभ सकेन्ड जोनमा बेला बखतमा हतारिएर मिसपास दिने क्रममा नेपाल आफ्नो डिफेन्समा खुल्ने गरेको देखिन्छ।

श्रीलंका विरुद्धको खेलले नेपाली रक्षापंक्तिलाई काउन्टर अट्याकका लागि पनि तयारी अवस्थामा बस्नका लागि चनाखो हुनुपर्ने सुझाब दिएको छ। 

पछिल्ला दुई खेल जितेपछि अन्तर्वार्तामा भने प्रशिक्षक मेघराजले निकै चाखलाग्दो प्रतिक्रिया दिइरहेका छन्।

आफुले प्रतियोगिताको उपाधिका बारेमा नसोची कुरा हरेकपटक अर्को खेल जित्नका लागि मैदानमा उत्रिने गरेको उनको अभिव्यक्ति रहने गरेको छ।

उमेर समूहमा यस्ता प्रतियोगितामा प्रतिनिधित्व गर्दा, जितले कहिलेकाहीँ एकाग्रता गुम्ने भएका कारण उनि मनोवैज्ञानिक पक्षमा पनि माहिर देखिएका छन्। 

हाल सम्म भएका खेलहरु नियाल्ने हो भने अहिले सम्म नेपाललाई प्रमुख चुनौती दिन सक्ने टोली भनेको बङ्गलादेश देखिन्छ। 

आफ्नो दोस्रो खेलमा भारतलाई समेत पराजित गरेको बङ्गलादेश, नेपाललाई नेपालकै जस्तो खेल खेलेर हराउन सक्ने क्षमता राख्दछ। 

बङलादेश विरुद्ध आफ्नो पहिलो खेलमा केहि अल्मलिएको भारत पनि नेपाललाई चुनौती दिन सक्ने विपक्षि मध्येको एक रहेको छ। 

 

Leave a Reply

Next Post

माउरिन्होको नजर वाईनाल्डम तर्फ

Thu Jul 28 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनका जर्जिनियो वाईनाल्डम र ए.एस रोमा नयाँ सम्झौता नजिक भएका रिपोर्ट सार्वजनिक भएका छन्। पछिल्लो समय ट्रान्सफर मार्केटमा लगातार राम्रा खेलाडीहरु नियालीरहेको जोसे माउरिन्होको टोलि, थप खेलाडी थप्ने योजनामा छ। पाउलो डिबाला संगै माउरिन्होले आफ्ना मिडफिल्डमा गुणस्तर थप्न, पेरिसका मिडफिल्डरको अवस्थालाई नियालिरहेका छन्। पेरिसमा गत […]
%d bloggers like this: