एसियन कप छनौट: राष्ट्रिय फुटबल टोलि कतार प्रस्थान

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एसियन कप २०२३ छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज कतार प्रस्थान गरेको छ।

कुवेतमा आयोजना हुने छनोट अघि तयारी स्वरूप नेपाली टोली कतार प्रस्थान गरेका हो। यसघि साफ च्याम्पियनशिपको तयारी पनि नेपालले कतारमै गरेको थियो।

नेपाली टोलीले करिब ९ दिन कतारमा तयारी गर्ने छन्। यस्तै नेपालले कतारमा ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

अफगानिस्तान संग खेल्ने भनिएको दुई मैत्रीपूर्ण खेल भने स्थगित भएको छ

प्रशिक्षक सँग विवाद सुरु भएपछि राष्ट्रिय टोलीमा परेनन् नियमित १० खेलाडी भने यसपटक समावेश भएका छैनन्।  

प्रशिक्षक संग विवादमा मुछिएपछि निवर्तमान कप्तान किरण चेम्जोङ राष्ट्रिय टिममा समावेश भएका थिएनन्।

किरण चेम्जोंगको अनुपस्थितिमा एन्फाले बिगत ६ बर्ष देखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा चुनेको छ।

ए.एफ.सी कप २०२३ छनौटका लागि कतार जान लागेको नेपाली टिमलाई विदा दिन मंगलबार आयोजित कार्यक्रममा नवयुगलाई कप्तान घोषणा गरिएको थियो।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ।  दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ।

समुहमा शिर्ष स्थान हासिल गरे सोझै अथवा दुइमा स्थान बनाउन सके प्ले अफबाट आगामी एसियन कप छनौटमा सहभगिता जनाउन सक्ने सम्भावना छ

नेपाली टोली :

गोलकिपर : दिप कार्की, बिशाल सुनार, टिकेन्द्र सिंह थापा

डिफेन्डर : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

मिडफिल्डर : आकाश बुढा क्षेत्री, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेन्सेहाङ आङ्दाम्बे, सुनिल बल, सुरज ज्यू ठकुरी

फरवार्ड : आयुश घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

 

 

 

 

 

Leave a Reply

Next Post

रियल मड्रिड विजय: भाग्य, संकल्प र ईतिहास

Sun May 29 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडले केहि महिना अगाडी आफ्नो चिरप्रतिद्वन्द्वी बार्सिलोना विरुद्ध आफ्नै घरेलु मैदानमा ४-० को पराजय भोगेको थियो।  त्यस बखत शीर्षस्थानमा रहेको रियल मड्रिडले त्यस्तो नतिजा आत्मसात गर्दा भाग्यले माथि पुगेको मड्रिड भन्ने जमात बाक्लो थियो। सायद त्यही रियल मड्रिड टोलीले ऐतिहासिक च्याम्पियन्स लिग उपाधि जित्छ भनेर […]
%d bloggers like this: