हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| इंग्लिस प्रिमियर लिग अन्तर्गत डिफेन्डिंग च्याम्पियन म्यानचेस्टर सिटिले लगातारको जित यात्रालाई पूर्णविराम लगाएको छ।
न्युक्यासल युनाईटेड विरूद्ध रोमान्चक ३-३ को पुनरागमन बराबरी खेल्दै सिटिले आफ्नो ‘पर्फेक्ट स्टार्ट’ लाई ठप्प पारेको हो।
एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै न्युक्यासलले बलियो सिटिलाई ३-१ को अवस्थामा पुर्याएको थियो।
घरेलु मैदानमा शानदार काउन्टर अट्याक प्रस्तुत गरेको न्युक्यासलका लागि उसका विंगर सेन्ट म्याक्सिमाले सिटिको रक्षाक्रमलाई ठुलो चुनौती दिएका थिए।
पहिलो हाफको सरुवातमै सिटिले अग्रता लिन पुगेको थियो। पाँचौ मिनेटमा बर्नार्दो सिल्भाको पासमा राम्रो फिनिस गर्दै गुन्डोगनले सिटिलाई १-० को अग्रता दिलाएका थिए।
तर त्यस्पचात सम्हालीएर खेलेको न्युक्यासलले लगातार काउन्टर अट्याकको जालो बुंदा, सिटिलाई मुभ विफल पार्न असम्भब समान बनेको थियो।
२८औ मिनेटमा सेन्ट म्याक्सिमाको पासमा गोल गर्दै मिगुएल अल्मीरोनले खेल बराबरीमा ल्याए।
त्यस लगत्तै म्याक्सिमाकै पासमा क्यालम विल्सनले गोल गर्दै न्युक्यासललाई २-१ को अग्रता दिलाए।
खेलको पहिलो हाफ २-१ को अवस्थामा सकिएको थियो। दोस्रो हाफ सुरु हुने वित्तिकै एरलिंग हालन्डको प्रयास पोस्टमा ठोक्किन पुगेको थियो
लगत्तै ५४ औ मिनेटमा पाएको फ्रिकिक अवसरमा किरन ट्रीपिएरले २० यार्ड बाट सिधै गोलमा परिणत गर्दा घरेलु टोलीले ३-१ को अग्रता लिएको थियो।
तर खेलमा हार नमानेको सिटिले छोटो समयमै खेललाई आफ्नो पक्षमा ल्याउन सफल भएको थियो। ६० औं मिनेटमा हालान्डले गोल गरे।
पेनाल्टी क्षेत्र भित्र बल क्लियर हुन नसक्दा रोड्रीले दिएको बललाई हालान्डले ६ यार्ड बक्स भित्रबाट गोल गरे।
६४ औं मिनेटमा केभिन डे ब्रुनको स्तरिय पासलाई बरनार्दो सिल्भाले सुन्दर फिनिस गर्दै बराबरी गोल गरे।
नतिजा संगै ७ अंक बटुलेको सिटि तालिकामा दोस्रो स्थानमा रहँदा आर्सनल पहिलो र न्युक्यासल युनाईटेड छैंठौ स्थानमा रहेको छ।