हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साउदीको राजपरिवारले स्वामित्व ग्रहण गरेपछि नयाँ अध्याय सुरु गरेको न्युक्यासल युनाइटेडले गत सिजन एघारौं स्थान हात पारेको थियो।
सिजनको मध्य भाग सम्म पुग्दा एक समय रेलिगेसनको संघारबाट उठ्नै नसक्ने स्थितिमा न्युक्यासल रहेको थियो।
तर इंग्लिस कोच एडी हावीले व्यवस्थापन सम्हालेपछि एकाएक उदाएको न्यूक्यासलले, त्यसपश्चात एघारौं स्थान हात पारेको थियो।
इङ्लिस फुटबलमा नयाँ कथा लेख्नका लागि सुरुभएको योजना अन्तर्गत, न्यूक्यासलले सुरुवाती दुई खेलमा सकारात्मक नतिजा हात पारेको छ।
पहिलो खेलमा यसै सिजन दोस्रो डिभिजनबाट बढुवा भएको नाटिंघमलाई २-० ले पराजित गर्दा, दोस्रो खेलमा ब्राइटन विरूद्ध भाग्यमानी एक अंक बटुलेको थियो।
आज तेस्रो चरणको खेल अन्तर्गत न्यूक्यासलले साविकको विजेता म्यानचेस्टर सिटी बिरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।
म्यान सिटि भने लगातार दुई खेलमा दुई निकाल्दै हाल तालिकामा दोस्रो स्थानमा रहेको छ।
जर्मन टोलि बोरुसिया डर्टमण्डबाट एरलिंग हालण्ड भित्र्याएपछि झन् बलियो देखिएको सिटीले अहिलेसम्म गोल खाएको छैन।
पहिलो खेलमा वेस्ट ह्याम बिरुद्ध २-० को जित निकालेको इंग्लिस च्याम्पियनले दोस्रो खेलमा बर्नमाउथलाई ४-० को हार चखाएको थियो।
यी दुवै टोलीबीचको पछिल्लो इतिहास हेर्ने हो भने म्यानचेष्टर सिटि, न्युक्यासल विरुद्ध लगातार हाबी भएको देख्न सकिन्छ।
पछिल्ला पाँच खेलमा शतप्रतिशत जित हात पारेको म्यानचेस्टर सिटिले न्युक्यासल विरुद्ध २० गर्दा केवल तीन गोल खाएको छ।
सिटि विरूद्ध न्युक्यासलले पछिल्लो पटक सन् २०१९ मा आफ्नै घरेलु मैदानमा २-१ को जित हात पारेको थियो।
त्यसयता जितविहिन रहेको म्याग्पिजका लागि नयाँ सिजनमा राम्रो प्रदर्शन गर्ने र लिगमा आफ्नो उपस्थिति जनाउने राम्रो अवसर रहेको छ।
तर निकै आक्रामक र सम्हालिएको खेल पस्किरहेको सिटि विरूद्ध प्रतिस्पर्धा गर्न सजिलो भने छैन।
काउन्टर अट्याकमै न्युक्यासलले चुनौती पेस गर्ने संभवाना बलियो रहेको छ।