भारतलाइ ८ विकेटले पराजित गर्दै न्युजिल्याण्ड बन्यो विश्व टेस्ट च्याम्पियन !!!

New Zealand defeats India in World Test Championship

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। २ बर्ष लामो यस विश्व टेस्ट च्याम्पियनशिपले आज अन्तत: आफ्नो हकदार पाएको छ। उत्कृष्ट भन्दा उत्कृष्ट राष्ट्रहरुलाइ पराजित गर्दै फाइनलमा स्थान बनाएका भारत र न्युजिल्याण्डका लागि यो यात्रा निकैनै शानदार रहन पुग्यो।

जुन १८ तारिकमा सुरु भएको, आइसीसी विश्व टेस्ट च्याम्पियनशिप फाइनल २०२१ मा न्युजिल्याण्डले टस जितेर पहिला फ़िल्डिङ्ग गर्ने निर्णय गरेको थियो। इंग्ल्याण्डमा भएको यस खेलको २ दिन भने पानीले प्रभावित भयो। पानीका कारण निकै बाधा आइपरेका कारण, खेलको रिसर्भ दिनको रुपमा छैठौ दिन थपियो र सो दिनलेनै हामीलाई न्युजिल्याण्डका रुपमा नया आइसीसी विश्व टेस्ट बिजेता दियो।

World Test Championship 2021

पहिलो इन्निन्ग्मा भारतले ९२ ओभर ब्याटिंग गर्दा सबै विकेट गुमाई, २१७ रन जोडेको थियो। सो इनिन्ग्मा कोहलीको ४४ र रहानेको ४९ रन निकै महत्वपुर्ण रहन पुग्यो। भारतलाइ २१७ रनमै समेट्ने जमर्कोमा काइलि जेमिसनले पाच विकेट चट्काए, त्यस्तै बोल्टले दुइ र निल वेग्नरले दुइ विकेट चट्काउन पुगे। बिश्वाशिलो देखिएको न्यु जिल्याण्डले आफ्नो पहिलो इन्निंगमा धेरै रन जोड्न नसके पनि, भारतलाइ ३२ रन दिनलाई योग्य रन भने जोड्न सक्यो।

 

Kane Williamson and Devon Conway partners for a Important Partnership
Kane Williamson and Devon Conway partners for a Important Partnership

न्युजिल्याण्डले ९९ ओभर ब्याटिंग गर्दै सबै विकेट गुमाएर, २४९ रन जोड्यो। इन्निंगको पहिला केहि सेसनमा आक्रामक देखिएको न्युजिल्याण्डको ब्याटिंगमा अन्खुस लगाउन, मोहम्मद शामीको चार विकेट र इशान्त शर्माको ३ विकेटको प्रमुख भूमिका रहयो। कंवेको ५४ रन, विलियाम्सनको ४९ र साउथिको आक्रामक ३० रनको साथमा न्युलिज्यांडले मध्यम स्कोर खडा गरेको थियो।

३२ रनले अग्रता लिएको न्युजिल्यान्ड दोस्रो इनिन्ग्को बलिङ्गमा उत्रिदा, भारतीय टोलिलाइ निकै दबाब रहेको थियो। माथिल्ला क्रमका ब्याट्सम्यान त्यहि दबाबका कारण छिटै पबिलीयन जान पुगे। रिस्हब पन्तले मिडल अर्डरमा केहि समय टोलिलाइ डोर्याउने क्रममा ४१ रन जोडे भने भारतका लागि रोहितले ३० रन बाहेक अरु कुनै खेलाडीको उल्लेखनिय प्रदर्शन रहन सकेन। अन्तत: भारत १७० रनमा समेटिन पुग्यो।

New Zealand vs India
Jamieson sends Kohli for the second time in the final test

न्युजिल्याण्डका तर्फबाट टिम साउथिले ४ विकेट चटकाए भने, ट्रेन्ट बोल्टले तिन र काइलि जेमीसनले २ विकेट लिएका थिए । भारतलाइ १७० रनलाइ समेटेको न्युजिल्याण्डले १३९ रनको लक्ष्य पाएको थियो। समयको अभाब रहे पनि, सजिलो संग पुरा गर्न सकिने १४० लक्ष्य पाएको न्यु जिल्याण्डका लागि टम ल्याथमले ९ रनमा आफ्नो विकेट गुमाउन पुगे। त्यस्तै दोस्रो विकेटको रुपमा कंवे आश्विनको बलमा एल बि डब्लु आउट हुन पुगे। कंवेले चार चौकाको मद्दतले १९ रनको योगदान दिएका थिए।

Ross taylor and Williamson leads New Zealand to Victory
Ross taylor and Williamson leads New Zealand to Victory

त्यसपछि आएका जोडी केन विलियाम्सन र रस टेय्लरले खेललाइ जित सम्म डोहोर्याएर लगे। केन विलियाम्सनले ८ चौकाका साथ् ५२ रन र रस टेय्लरले ६ छक्काका साथ् ४७ रनको अविजित पारि खेलेर जित न्यु जिल्याण्डको पोल्टामा पारेका थिए। यस संगै क्रिकेट जगतको च्याम्पियनका रुपमा न्यु जिल्याण्डले आफुलाई स्थापित गरेको छ।
२ विकेटको नोक्सानमा १४० रन बनाउदै, न्युजिल्याण्डले ८ विकेटको जित हासिल गरेको हो।

Leave a Reply

Next Post

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित आइसीसी विश्व क्रिकेट लिगको शृंखला स्थगित !!!

Thu Jun 24 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाण्डौ। जुलाई २२ बाट स्पेनमा हुने भनिएको आइसीसी विश्व क्रिकेट लिग २ हालको लागि स्थगित भएको कुरा क्रिकेट संग नेपालले सार्बजानिक गरेको छ। नामिबियामा बढ्दो कोभिड-१९ संक्रमणलाइ मध्यानाजर गर्दै आइसीसीले उक्त शृंखलालाइ हालको लागि स्थगित गरेको हो। आइसीसीका हेड अफ इभेन्ट्सका हेड्स क्रिस टेट्लिले भने ” […]
Nepal's triseries Postponed
%d bloggers like this: