हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनले यस सिजन क्रिस्टोफ गाल्टियरको नेतृत्वमा आफ्नो आक्रामक फर्मलाई जारी राखेको छ।
लिल बिरूद्ध लगातार अर्को विश्वस्त जित निकाल्ने क्रममा पेरिस उसकै घरमा ७ -१ को नतिजा निकालेको हो।
पाहुना टोलि हाफ टाइममा ४-० को अग्रता लिएर खेलमा अघि बढेका थियो।
केलियन एमबाप्पेले लियोनल मेस्सीको बलमा लिग १ को इतिहासमा सबैभन्दा छिटो गोल गरे।
अर्जेन्टिनि खेलाडीले आफैंले पनि एक गोल गोल गरे भने हाकिमी र नेयमारले पनि गोल गरे।
तर यस सिजन केही फरक भने ब्राजिलियन खेलाडीले नेमार खेलमा देखिएको छ।
सिजनको सुरूवातमा फ्रान्सेली सुपरकप देखि लगातार गोल गरिरहेका नेमारले अहिले सम्म रोकिएका छैनन्।
लिल विरूद्ध तिन एसिस्स्ट र दुई गोल गरेका नेमारको यो पेरिसको शर्टमा निकै लामो समय पछिको शानदार फर्म रहेको छ।
सिजनको सर्वाधिक गोलकर्ता र एसिस्ट कर्तामा पनि नेमार अहिले अग्रपङ्क्तिमा उभिएका छन्।
उनको र लिओनल मेस्सीको जोडी मैदानभित्र खुबै जमेको देख्न सकिन्छ।
गत सिजनको खराब प्रदर्शनलाई बिर्साउन लागि परेका लियोनेल मेस्सीले पनि आफूलाई सिद्ध पार्ने लक्ष्यमा छन्।
उनले पनि लिगमा तिन खेल समाप्ति सम्म तिन र समग्रमा सिजनमा ४ गोल गरिसकेका छन्।
डिफेनडिंग च्याम्पियन पिएसजी लागि अर्को खेल घरेलु मैदानमा मोनाको विरूद्ध खेल्दैछ।
सिजन अपराजित समाप्त गर्ने उनीहरूको लक्ष्य अहिले पहुँचमा राम्रो देखिन्छ।