नेमारद्वारा पेरिस सेन्ट-जर्मेन छाड्न अस्विकार

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| नेयमारले यस समरमा पेरिस सेन्ट-जर्मेन छाड्ने कुनै इरादा नरहेको फ्रान्सेली रिपोर्टहरुले बताएका छन्। 

फ्रान्सेली राजधानी पेरिसमा पिएस्जीका समर्थकहरु पनि ब्राजिलियन खेलाडी नेमारको प्रदर्शनबाट खासै प्रभावित भएका छैनन्। 

लालिगा म्यानचेष्टर सिटी र पेरिस विरुद्ध फाइनान्सियल फेयर प्लेको मुद्दा उठाए सँगै पेरिस हाल अप्ठ्यारो स्थितिमा रहेको छ। 

पीएसजीले आफ्नो बढ्दो पारिश्रमिक बिललाई कम गर्नका लागि ३० वर्षीय नेमारसँग क्लबबाट छुटकारा पाउन इच्छुक छ।

तर केलियन एमबाप्पेले नयाँ हस्ताक्षर गर्न नाटकीय यू-टर्न सम्झौता गरेपछि विश्व फुटबलका अहिले चकित भएको छ।

Neymar

नेमारले २०२१ मा हस्ताक्षर गरेको सम्झौता विस्तारमा अझै तीन वर्ष बाँकी रहेको आफ्नो भविष्यका योजना पेरिसमै रहेको बताए

“यो मेरो पक्षमा साँचो हो, म बस्न चाहन्छु।”

तर उक्त बयान दिए पनि नेमारको नाम अन्य युरोपियन क्लबहरु सँग क्रमिक रुपमा आउने गरेको छ

स्पेनिस प्रकाशन मार्काले पनि उनलाई छोड्ने इच्छा नभएको र पेरिसको वित्त लालिगा अध्यक्ष जेभियर टेबासको छानबिनमा आउँदा पनि फरक नपर्ने बताएको छ।

लिग १ च्याम्पियन यस समरको ट्रान्सफर मार्केटमा आफ्नो टोली अझ स्तरीय बनाउन व्यस्त छन्। 

पोर्टो मिडफिल्डर भिटिनहाका लागि € ४० मिलियनमा सहमत हुनुका साथै स्थायी सम्झौतामा स्पोर्टिङ सीपीबाट नुनो मेन्डेसको सम्झौताका लागि पेरिस उत्सुक छ।

उसले सार्वजनिक रूपमा पेरिसले युरोपमा वित्तीय फेयर प्ले नियमहरूको पालना गरिरहेको छ वा छैन यस विषयमा छानबिन गर्नका लागि लालिगाले युरोपेली फुटबल संघलाई पत्राचार गरिसकेको छ।

गत बर्ष २०० मिलियन भन्दा बढी घाटामा रहेको पेरिसले यसै वर्ष ज्यालामा अर्को ३०० मिलियन थपेपछि लालिगाले आपत्ति जनाउँदै यस विषयको आवश्यक छानविन गर्नका लागि युरोपेली सँगै दबाब दिइरहेको छ।

प्रमुख विन्दुका रूपमा किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मन सँग नयाँ सम्झौतामा हस्ताक्षर गरेपछि लालिगा बिच्किएको थियो। 

Leave a Reply

Next Post

बार्सिलोनाले अब यी खेलाडी भित्र्याउन सक्ने

Sun Jun 19 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| बार्सिलोनाको बोर्डले अध्यक्ष लापोर्ताले प्रस्ताव गरेका सम्झौताहरुलाई अनुमोदन गर्ने निर्णय गरे सँगै वित्तीय सुधार हुने देखिन्छ। प्रसारण अधिकार र क्लबका अन्य आन्तरिक आम्दानीका स्रोतहरू बेच्ने निर्णय गरेसँगै बार्सिलोनाले आवश्यक रकम पाउने भएको हो। पछिल्लो केही समययता नकारात्मक वित्तीय विवरण कारण खेलाडी दर्ता प्रक्रियामा समेत असर परेको थियो। […]
%d bloggers like this: