हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पेरिस सेन्ट-जर्मेनसँग सम्झौता विस्तार गरेको एक वर्षपछि नेमारको क्लबसँगको भविष्य शंकाको घेरामा परेको छ।
सन् २०२५ सम्म चल्ने ब्राजिलियनको सम्झौता एल एकिपेले बताए अनुसार स्वचालित रूपमा जुलाई १ मा २०२७ सम्म विस्तार हुनेछ।
तर बाँकि रहेको सम्झौताले उनलाई तुरुन्तै क्लबबाट बहिर्गमनको पक्ष लिनबाट भने वन्चित गराउने भएको छ।
हालको अवस्थामा उनलाई लोन प्राथमिक विकल्प रहेको छ भने उनलाई स्थायी रुपमा भित्र्याउन जुनै क्लबले मोटो रकम खर्चिन पर्ने भएको छ।
मार्काले दुई साता अघि गरेको रिपोर्टले पीएसजी अध्यक्षले नेमारलाई सिजनको समाप्ति पछि नयाँ क्लब खोज्न भनेका थिए।
बार्सिलोनाबाट २२२ मिलियन युरोमा सामेल भएपछि फुटबल इतिहासमा सबैभन्दा महँगो अनुबन्धन बनेका नेमार अहिले चेपिलो अवस्थामा रहेका छन्।
सम्बन्धविच्छेद नजिकिँदै जाँदा चेल्सी अब नेयमारका लागि सम्भावित अवतरण स्थानको रूपमा देखा परेको छ।
लुकाकुको बहिर्गमन संगै रिक्त रहेको अग्रपंक्ति भर्नका लागि उनि उपयुक्त उम्मेदवार रहेका छन्।
त्यसमाथि पनि चेल्सीले राम्रै रकममा लोन भएपनि नेमार भित्र्याउन सक्छ। दुवै अवस्थाले चेल्सीले र नेमारले एक अर्कालाई परिपूर्ण गर्न सक्छन।
स्ट्यामफोर्ड ब्रिजमा ल्याउन थियागो सिल्भा पनि आतुर देखिएका छन्। उनि ब्राजिलियन समकक्षि संग पुनर्मिलनका लागि आतुर छन्।
फ्रान्सेली रिपोर्टले पनि थियागो सिल्भाले नेयमारलाई चेल्सीको नजिक ल्याउन आफूले सक्दो प्रयास गरिरहेको बताएको छ ।
भर्खरैको एउटा कार्यक्रममा बोल्दै चेल्सीका डीफेन्डरले नेमार प्रतिको आफ्नो लगावलाई लुकाउन सकेनन्।
“उनी [नेमार] चेल्सी जानु पर्छ ,” थियागो सिल्भाले भने। “यदि यो भयो भने, यो सबै भन्दा राम्रो कुरा हुनेछ,कुनै टिप्पणी आवश्यक छैन।
तर लोनमा नभई स्थायी ट्रान्सफरको लागि मात्र पेरिसले बाटो खोलेमा यो स्थानान्तरण कठिन देखिन्छ।
यस्तो अवस्थामा पेरिसले नेमारका लागि २५० मिलियन भन्दा कम प्रस्ताब स्वीकार नगर्ने बताईसकेका छ।