हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पीएसजीका अध्यक्ष नासेर अल-खेलाफीले क्लबमा आफ्नो भविष्य सुनिश्चित गर्न नचाहेको कारण नेयमार निराश भएको रिपोर्ट बाहिरिएका छन्।
ब्राजिलका स्टार खेलाडी अब पार्क डेस प्रिन्सेसबाट अन्यत्र भविष्य खोज्न इच्छुक रहेको फ्रान्सेली रिपोर्टहरुले बताएका छन्।
केलियन एमबाप्पेले नयाँ सम्झौता गरेपछि अल-खेलाफी हालैको एक अन्तर्वार्तामा यो रिपोर्टलाई खारेज गर्न अस्वीकार गरे।
नेयमारको क्लबमा भविष्य छ कि भनेर सोध्दा, अल-खेलाफीले यो प्रश्नलाई खेलाडीहरूको आलोचनामा परिणत गरे र केहि खेलाडीले शत प्रतिशत प्रयास नगरेको बताए।
यद्यपि उनले अन्तरवार्ताका दौरान खेलाडीको नाम भने उल्लेख गरेनन्।
आरएमसी स्पोर्टका अनुसार उक्त प्रतिक्रियाका कारण नेयमारले अल-खेलाफीको टिप्पणीबाट आलोचित भएको महसुस गरेक छन् र अब आफ्नो भविष्यको बारेमा सोच्दै छन्।
आफ्नो सम्झौतामा अझै पाँच वर्ष बाँकी रहेका नेयमारले क्लब छाड्न पटक्कै अनिच्छुक थिए।
सिजनको मध्येमा मा भएको एक अन्तर्वार्तामा पनि उनले आफूले पेरिस छाड्न नचाहेको बताएका थिए। तर क्लबका अध्यक्षको अन्तरवार्ता पश्चात भने माहोल फरक बनेको छ।
विशेष गरी विश्वकपको वर्षमा होइन, तर अब उनी अगाडि बढ्ने मौका नपाउने भनेर चिन्तित रहेको बताइएको छ।
गत सिजन पनि लियोनेल मेस्सी र नेमारलाई पेरिसका समर्थकहरुले आफ्नो घरेलु मैदानमै गिज्याएका थिए।
बिगत केहि समय यता पेरिसका समर्थकहरु सँग खासै राम्रो सम्बन्ध बनाउन नसकेका नेमारले २०१९ मा पेरिस छाड्ने मनासय बनाएका थिए।
पछिल्लो समय लागेकाले पनि पेरिस सेन्ट जर्मनको फाइनान्सियल फेयर प्लेको मुद्दा लाई प्रमुख विषय बनाएपछि पेरिस झस्किएको छ।
आफ्नो वित्तीय भार कटौती संगै, आफ्नो योजनामा रहन नसक्ने खेलाडीहरुलाई धमाधम बहिर्गमनको बाटो देखाउने बताइसकेको छ।
सन् २०१७ मा विश्व किर्तिमानी रकममा पेरिस भित्रिएका नेमारलाई अनुबन्ध गर्न सक्ने क्लब भने एकाध मात्र रहेका छन्।
यसमध्ये पहिलो क्लब भनेको चेल्सी रहेको छ। लुकाकुले चेल्सी छाडे सँगै ब्लुज आफ्नो अग्रपंक्ति सबल बनाउन चाहन्छ।
अर्को टोलि भनेको म्यानचेस्टर युनाईटेड रहेको छ तर नेमारआउन सक्ने वाताबरण क्रिष्टियानो रोनाल्डोको बहिर्गमनले मात्र सम्भब रहेको छ।