लगातार चौथो विम्बलडन जित्ने अभियनमा जोकोभिच

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| साविकका विम्बलडन विजेता नोभाक जोकोभिच लगातार चौथोपटक सेमिफाईनल प्रवेश गर्न सफल भएका छन्।

विश्व नम्बर ३ रहेका सर्बियन खेलाडी नोभाकले, १०औं वरीयताका जानिक सिनरमाथि पुनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका हुन्।

सुरुवाति दुई सयमा पछि परेको अवस्थालाई उल्टाउँदै पुनरागमन निकाल्न सफल भएका नोभाक अहिले लगातार चौथो उपाधिमा होमिएका छन्।

सुरुवाति दुई सेट ५–७ र २–६ ले गुमाएका जोकोभिचले त्यसपछिको तिन सेटमा ६–३, ६–२ र ६–२ को नतिजा निकाल्दै पुनरागमन गरेका थिए।

कोभिडका कारण विम्बलडन सन् २०२० को संस्करण स्थगित भएको थियो। त्यसपछि भएको प्रतियोगिताको उपाधि नोभाकले जितेका थिए।

६ पटकका विम्बल्डन विजेता नोभाकले पछिल्लो दशक यता आफ्नो प्रभुत्व जमाउन सफल भएका हुन।

सर्बाधिक विम्बल्डन जित्ने खेलाडीमा नोभाक हाल चौथो स्थानमा रहेका छन् भने रोजर फेडेरर ८ उपाधि सहित सर्बाधिक उपाधि जित्ने खेलाडी रहेका छन्

सेमिफाईनलमा ३५ वर्षीय जोकोभिचले बेलायतका क्यामरुन नोरीसँग खेल्नेछन्।

अर्कातिर कीर्तिमान २२ पटकको पुरुष एकल च्याम्पियन राफेल नाडाल भने बराबरीको अर्को हाफमा छन्।

नाडालले  बुधबार क्वाटरफाइनलमा ११ नम्बरको टेलर फ्रिट्जसँग खेल्दैछन्।

यसपटक विश्व नम्बर ३ रहेका सर्बियन खेलाडीले उपाधि यात्राको लागि राफेल नाडालको चुनौती सामना गर्नुपर्ने आंकलन गरिएको छ। 

दुईपटकका विम्बलडन च्याम्पियन नाडाललाई ७ बर्ष पछि ग्रास कोर्टमा ग्रान्डस्ल्याम जित्ने मौका रहेको छ।

जोकोभिचले लगभग नौ वर्षमा पूरा गरेको विम्बल्डन एक खेलमा मात्र (२०१६ मा स्याम क्वेरी) हार बेहोरेको छन। 

२०१८ फ्रेन्च ओपनमा (मार्को सेचिनाटो) यता कुनै पनि स्लाममा पाँचौं भन्दा कम वरीयता प्राप्त पुरुषसँग पूरा खेलमा कुनै हार बेहोरेका छैनन्।

सन् २००३ देखि हरेक विम्बल्डन पुरुष एकल च्याम्पियन, बिग फोरको सदस्य भएको छन: नाडाल, जोकोभिक, रोजर फेडेरर  र  एन्डी मरे।

 

Leave a Reply

Next Post

क्यानडा विरुद्धको दोस्रो एकदिवसीय आज हुँदै

Wed Jul 6 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्यानडा भ्रमणमा रहेको नेपालि राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय खेल आज खेल्दैछ। मंगलबार हुने भनिएको पहिलो एकदिवसीय खेल बर्षाका कारण रद्द हुन पुगेको थियो। आइसिसी विश्व क्रिकेट लिगको तयारीका लागि नेपाली टोली हाल क्यानाडा भ्रमणमा रहेको छ। घरेलु टोलीविरुद्ध अन्तर्राष्ट्रिय खेल खेल्नुअघि नेपालले स्थानीय टोली ओन्टारियो […]
%d bloggers like this: