डार्विन नुनेजका लागि लिभरपुलले ट्रान्सफर रेकर्ड तोड्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बेन्फिका फरवार्ड डार्विन नुनेजका लागि लिभरपुलले आफ्नो ट्रान्सफर रेकर्ड तोड्ने भएको छ।

आफ्नो चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाईटेडले केहि समय अघिदेखि राडारमा राखेका खेलाडीका लागि रेड्सले पनि आफ्नो प्रस्ताब राखेको हो।

प्रस्तावित रकम ८० मिलियन युरो र कम्तिमा २० मिलियन एड-अनमा समावेश रहेको कुरा पोर्चुगिज रिपोर्टले बताएका छन्।

उरुग्वेका स्ट्राइकरको लागि लिभरपुलको तयारी बुधबार तीव्र भएको थियो।

म्यानचेस्टर युनाईटेड उनलाई भित्राउनका लागि एक्लो उम्मेदवारको रुपमा देखा पर्दैगर्दा लिभरपुल पनि होमिएको हो।

साडियो मानेले लिभरपुल छाड्ने तयार भए सँगै उनको स्थानको परिपूर्तिका लागि लिभरपुलले नुनेजलाई भित्र्याउन लागेको हो

सेनेगल स्ट्राइकर माने चाँडै बायर्न म्युनिखमा आउने अपेक्षा गरिएको छ।

मानेलाई बायर्न म्युनिखबाट बुधवार ३० मिलियनको प्रस्ताब आएको  थियो। 

लिभरपूलले भने उक्त प्रस्ताव पर्याप्त नभएको भन्दै तुरुन्तै अस्विकार गरेको थियो। 

दुबै पक्ष वार्ता सकारात्मक भएमा नुनेजले पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। 

रिपोर्ट अनुसार दुवै पक्षको वार्ता अघि बढेका छन् र यो सम्झौता आउँदो सप्ताहन्तमा समापन हुन सक्छ

८५ मिलियन पाउण्ड ट्रान्सफर लिभरपुलको लागि भने नयाँ रेकर्ड हुनेछ।

 यसअघि २०१७ मा साउथह्याम्प्टनबाट डिफेन्डर भर्जिल भान डाइकलाई तिरेको ७५ मिलियन उसको सर्बाधिक रहेको छ। 

बायाँ र मध्यमा भागमा खेल्न सक्ने नुनेजले गत सिजन च्याम्पियन्स लिगमा ६ गोल गरेका थिए 

जसमध्ये दुई क्वार्टरफाइनलमा लिभरपुलविरुद्ध आएका थिए र उनले जर्गेन क्लोपमा महत्वपूर्ण प्रभाव पारेका थिए।

लिभरपुलका प्रबन्धकले २२ वर्षिया खेलाडीको बयान गर्दै अप्रिलमा आफूविरुद्ध खेलेका डार्विन निकै उत्कृष्ट रहेको र भविष्य उज्ज्वल रहेको बताएका थिए। 

‘उनी शारीरिक रूपमा बलियो, छिटो, आफ्नो फिनिश वरिपरि शान्त थियो।उनि वास्तवमै स्तरीय थिए।”

“यस्तो अवस्थामा म सधैं भन्छु यदि उनी फिट रहन्छन भने यो उनको अगाडि ठूलो करियर हो।’ 

उनले गत सिजन बेन्फिकाका लागि च्याम्पियन्स लिगका गोलसहित सबै प्रतियोगितामा ३४ गोल गरेका थिए।

एट्लेटिको म्याड्रिड, म्यानचेस्टर युनाइटेड र न्यूकासल पनि यस समरमा नुनेजको लागि जोडिएका छन्।

तर पछिल्लो समयको लिभरपुलको प्रदर्शन तथा उपाधि यात्राले लिभरपूल ड्राइभिङ सीटमा भएको जनाउँदछ। 

 

 

Leave a Reply

Next Post

बार्सिलोना संकट : टाट पल्टिनबाट जोगिन ठुलो रकम आवश्यक

Thu Jun 9 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाका फाइनान्सका उपाध्यक्षले क्लबलाई बचाउन ५०० मिलियन युरो (£४२७ मिलियन) आवश्यक रहेको दाबी गरेका छन्। विगत तीन वर्षयता खेलमैदान बाहिर पनि चरम आर्थिक संकट भोगिरहेको क्याटलन टोलीलाई खेलाडी अनुबन्ध गर्न समेत निकै कष्टकर भैरहेको छ। टोलिको आर्थिक समस्या हाल भने कुनै गोप्य छैन।  अध्यक्ष जोन लापोर्टाले मार्च […]
%d bloggers like this: