पोग्बा सच्चिकै भाइरस हुन त?

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली मिडफिल्डर पल पोग्बा सन् २०१६ मा सनसनीपूर्ण ट्रान्सफरमा म्यानचेष्टर युनाइटेड भित्रिएका थिए। 

झण्डै ६ बर्षको बसाई पश्चात उनले यसै साता म्यानचेस्टर बिदाई गरेका छन् र उनको बिदाई उत्तिनै सनसनीपूर्ण बनेको छ। 

झण्डै एक सय मिलियन बराबरको सम्झौतामा म्यानचेस्टर युनाईटेडले यति लामो समयमा उनीबाट केही पायो  न उनले युनाइटेडलाई भने जस्तो दिन सके।

हुन त म्यानचेस्टर अझै आफैंमा पनि सम्हालिन सकेको छैन उ भित्र आफ्नै समस्या छ, जसमा पोग्बा एक पात्र मात्र रहेका छन्। 

ओल्ड ट्राफर्ड भित्रिएको दोस्रो वर्षमै प्रशिक्षक जोजे माउरिन्होसँग सम्बन्ध बिग्रिएपछि उनको करियरले अर्कै रुप लिन पुगेको थियो। 

म्यानचेष्टर युनाइटेडका एकेडेमीका खेलाडी समेत रहेका पोग्बाले सन् २०१२ मा क्लबलाई थाहा नदिई युभेन्तससँग सम्झौता गरेका थिए। 

उक्त कदमको प्रतिक्रिया स्वरूप पूर्वका प्रशिक्षक सर एलेक्सले उनि क्षमतावान खेलाडी भएपनि, सम्मान गर्न नसक्ने चरित्र भएका खेलाडी भएको टिप्पणी दिएका थिए। 

आफ्नो कार्यकालमै जोसे माउरिन्होले उनलाई टोलीमा भाइरसको उपनाम पनि दिएका थिए। 

राष्ट्रिय फुटबल टोलीमा सीमित समयका लागि मात्र राम्रो प्रदर्शन गर्न सक्ने पोग्बाले क्लब स्तरमा भने चाँडै एकाग्रता गुमाउने जोसेको भनाई थियो। 

त्यसपछि बिग्रेको सम्बन्धका कारण जोशेले बर्खास्त खेप्नु पर्यो भने पोग्बा केही समयका लागि उत्कृष्ट खेलाडी बन्न पुगे। 

ओले गनर आएपछि केही समयका लागि उत्कृष्ट खेलाडी बनेका पोग्बा, त्यहि केहि समयकै लागि राम्रा थिए त्यसपछि उनको उतारचढाब पुनः सुरु भयो। 

युनाईटेडसंग सम्झौता रहँदै उनका एजेन्टले बारम्बार उनलाई अन्य क्लबहरुसँग नाम नजोडेका पनि हैनन्।

लगातार क्लबलाई मिडियामा आक्रमण गरिरहँदा म्यानचेस्टर युनाइटेडका समर्थक उनीबाट र उनको प्रदर्शनबाट सन्तुष्ट थिएनन्। 

यसपटक आगो लगाउने काम भनेको यसैसाता अमेजनमा निस्केको उनको ‘पोग्मेन्टरी’ नामक वृत्तचित्र बनेको छ।

उक्त वृत्तचित्रमा म्यानचेष्टर युनाइटेडले आफूलाई नयाँ सम्झौतामा प्रति हप्ता केवल ३ लाख पाउण्डमात्र प्रस्ताव गरेको र त्यो केही पनि नभएको गुनासो पोखेका छन्। 

त्यसका साथै उनले क्लबले नयाँ सम्झौतामा केहीपनि प्रदान नगरेको र त्यसैकारण अब उक्त कदमको परीणाम स्वरुप आफूले सम्झौता नवीकरण नगर्ने बताएका थिए।

मैदानभित्र प्रदर्शन गर्न नसक्ने र पैसाको पछि मात्र कुद्ने उनको चरित्र भएको समग्र फुटबल समर्थकहरुले सामाजिक सञ्जालमा बताइरहेका छन्। 

उनले आफैँले चरित्रमा थप दाग थप्ने काम गरेका छन्। केही समयअगाडि एलेक्स फर्गुसन र जोसेले गरेका भविष्यवाणी सही भएको देखिन थालेको छ। 

क्लब नयाँ सम्झौता नगर्ने भए संगै फ्री ट्रान्सफरमा युभे फर्कने लगभग निश्चित भैसकेको छ।

तर युभेमा उनले प्रति हप्ता झन्डै एक लाख असि हजार युरो प्राप्त गर्ने भएका छन् जुन रेड देभिल्सको प्रस्ताब भन्दा निकै कम रहेको छ। 

Leave a Reply

Next Post

म्यानचेष्टर सिटिले आफ्ना महत्वपूर्ण खेलाडी बेच्दै

Mon Jun 20 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर सिटीले जारि ट्रान्सफर मार्केटमा आफ्ना दुइ स्टार खेलाडी बेच्न सक्ने सम्भावना देखाएको छ।  विगत तिन सिजन यता टोलीमा नियमित तथा प्रमुख खेलाडीका रुपमा रहेका ग्याब्रियल जिसस र रहिम स्टरलिंगलाई क्लबले बेच्ने तयारी गरेको हो। गत सिजन नै सिटि छाड्ने छाटकाट देखाएका ब्राजिलियन खेलाडी ग्याब्रियल जिससका […]
%d bloggers like this: