हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वका महान एवं चर्चित फुटबलर पेलेले तीन महिना लामो युक्रेनमाथिको आक्रमण अन्त्य गर्न रुसी सरकारसँग पहल गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो पत्र प्रकाशीत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन माझ पेलेले आफ्नो विचार राखेका हुन्।
ब्राजिलियन दिग्गज पेलेले आफ्नो इन्स्टाग्राममा एउटा खुला पत्र प्रकाशित गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो कार्यमा पुनर्विचार गर्न आग्रह समेत गरेका छन्।
पछिल्लो समय जारी हिंसाका कारण सयौंले ज्यान गुमाएको अवस्थामा हिंसाको औचित्य प्रमाणित गर्ने कुनै तर्क नभएको बताउंदै उनले युद्ध रोक्न माग गरेका हुन्।
रसियामा सन् २०१८ मा भएको विश्वकपमा रसियन राष्ट्रपति पुटिन सँगको भेटवार्ता सम्झदै उनले आफ्नो धारणालाई व्यक्त गरेका छन्।
सामाजिक सञ्चालमा प्रकाशित गरेको उक्त पत्रमा उल्लेख गर्दै भेटवार्ताका क्रममा भएका सम्झनाको बारेमा वर्णन गरेका छन्।
“जब हामी विगतमा भेट्यौं र हात मिलाएर ठूलो मुस्कान आदानप्रदान गर्यौं, यो अकल्पनीय थियो कि एक दिन हामी आजको जस्तो विभाजित हुन सक्छौं,” उनले थपे।
पेले र पुटिनको भेट कन्फेडेरेसन कपको क्रममा जुन २०१७ मा सेन्ट पिटर्सबर्गको क्रेस्टोभस्की स्टेडियममा भएको थियो।
त्यो भेटको बारेमा, पेलेले एक अन्तर्वार्तामा पुटिन उनी बाल्यकालमा उनको प्रशंसा गर्ने गरेको बताएका थिए।
दुबै पात्रहरूको डिसेम्बर २०१७ मा मस्कोमा भएको विश्वकप ड्रको क्रममा फेरि भेट भएको थियो।
“वर्ष पहिले मैले आफूलाई वाचा गरेको थिए, जबसम्म म सक्छु, म सधैं शान्तिको लागि मेरो आवाज उठाउनेछु।
“यो द्वन्द्व अन्त्य गर्ने शक्ति तपाईंको हातमा छजुन मैले मस्कोमा २०१७ मा हाम्रो अन्तिम भेटमा मिलाएको थिए।”
युद्धको पीडा भोगिरहेको युक्रेन भने हाल कतारमा आयोजना हुन गैरहेको विश्वकपको निकै नजिक रहेको छ।
प्ले अफ फाइनलमा वेल्सलाई पराजित गर्न सकेको खण्डमा युक्रेनले विश्वकपमा सहभागिता जनाउनेछ।