पिकेलाई बार्सिलोना र रियल दुवैका समर्थकले गिज्याए

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आफ्ना अनेकन हर्कतले मिडियामा आइरहने स्पेनिस तथा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके यसपटक समर्थकबाट गिज्याईएका छन्।

चिरप्रतिद्वन्द्वी रियल मड्रिड विरुद्धको खेलमा १-० को जित हात पारेपनि पिकेलाई भने यस खेलको खासै राम्रो अनुभव रहन सकेन। 

खराब सिजन संगै आफ्नो सम्बन्धका कारण पनि चर्चा बटुलेका स्पेनिस डिफेन्डर, आफ्नो कर्तुतका कारण मैदानका हरेक कुनाबाट गिज्याईएका हुन।

यसैवर्ष कोलम्बियन गायिका साकिरा सँगको सम्बन्ध विच्छेद पश्चात उनलाई आफ्नै तथा रियल मड्रिडका फ्यानले गिज्याएका छन्। 

अमेरिकामा आइतबार भएको रियल मड्रिड विरुद्धको मैत्रीपूर्ण खेलमा स्पेनी डिफेन्डर पिकेलाई दुवै तर्फका समर्थकहरुले लगातार निशाना बनाइरहे। 

उनले हरेकपटक बल पाउदा साकिराको नामलाई लिएर उनलाई पटकपटक दुवैतर्फका फ्यानहरुले आक्रोश पोखेका थिए। 

खेलमा ब्राजिलियन खेलाडी राफिन्हाले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि हरेकपटक पीकेलाई गिज्याएको माहोल वेग्लै बनेको थियो।

कोलम्बियन गायिका साकिराको प्रशंसक संयुक्त राज्य अमेरिकामा थुप्रै भएको बताइन्छ। त्यसमा पनि लस भेगसमा उनको उपस्थिति अद्भुत हुने गरेको छ। 

दुबै पक्षका समर्थकसँगै अमेरिकामा शाकिरालाई समेत रुचाउने प्रशंसकहरुले लगातार पिकेलाई आफ्नो निशानामा राख्न सफल भएका थिए। 

सन् २०१० को विश्वकप यता पिके र शाकिरा एक अर्का संग प्रेममा रहेका थिए। तर यसै बर्ष पिके अर्को सम्बन्धमा पनि रहेको खुलेपछि दुवैले सम्बन्ध विच्छेद गरेका थिए।

खेल पछि पत्रकार सम्मेलनको क्रममा यसको बारेमा सोध्दा, पिकेको टोलीका साथी जोर्डी अल्बाले घटनालाई कम गर्ने प्रयास गरे र समर्थकको ब्यबहारका कारण प्रभावित नभएको दावी गरे।

यससँगै अल्वाले पीकेलाई निकै लामो समयदेखि समर्थकहरुले यस्तो ब्यबहार देखाइरहेका कारण उनी विचलित नभएको बताएका छन्।

तालिले नभई गालिले उनि प्रेरित हुने भएका कारण पिकेले यस्ता कुराबाट झन् माथि जान उत्प्रेरित गर्न मद्दत गर्ने उनले बताए।

 

Leave a Reply

Next Post

सर्त पुरा गरे रोनाल्डोले म्यानचेस्टर छाड्न सक्ने

Mon Jul 25 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनी पत्रिका मार्काले यस सप्ताहन्तमा क्रिस्टियानो रोनाल्डोको भविष्यको बारेमा नयाँ जानकारी बाहिर आएको बताएको छ। आफ्नो रिपोर्टमा बताउंदै मार्काले, म्यानचेस्टर युनाइटेड आफ्नो सुपरस्टारलाई छोड्न इच्छुक रहेको बताएको छ। तर रेड डेभिल्सले रोनाल्डोले यदि नयाँ सम्झौतामा हस्ताक्षर गरे मात्र लोनमा छोड्ने शर्तमा छोड्ने रहेको बताईएको छ। इंग्लिस […]
%d bloggers like this: