जेरार्ड पिके काण्ड : शाकिरालाई धोका दिँदै अर्कै संग अफेयर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अमेरिकन कलाकार जोनी डेपले घरेलु हिंसाको मुद्दा जित्न नपाउँदै बार्सिलोनाका खेलाडी जेरार्ड पिकेको कर्तुत बाहिरिएको छ। 

विदेशी सञ्चारमाध्यमले जनाएअनुसार जेरार्ड पिके अहिले साकिरालाई धोका दिँदै अर्कै युवतीसँग अफेयरमा रहेको कुरा सार्वजनिक भएको छ। 

अझ आश्चर्यजनक रुपमा अर्की युवती भनेको कोही नभएर आफ्नै टोलीका साथि गाविको आमा भन्ने कुरा बाहिरिएका छन्। 

केही सञ्चारमाध्यमले भने जेरार्ड पिके एक किशोरीसँग अफेयरमा जोडिएको भन्ने कुरा बताइरहेका छन्। 

उक्त हल्लाले सार्थकता नपाए तापनि पिके भने पनि अन्य युवतीको प्रेममा रहेको कुरा भने प्रष्ट पारिएको छ। 

हल्लाको बीचमा पिकेले बार्सिलोनामा आफ्नो फ्ल्याट अन्यत्रै किनेको र अहिले आफ्नै नयाँ फ्ल्याटमा बस्न थालेको मार्काले जनाएको छ।

गत सातामात्रै पिकेले आफ्नै घरमा पार्टीका दौरान अस्वभाविक चहलपहल बढाएको भन्दै स्पेनिस पत्रिका मार्काले एउटा लेखमा बताएको छ। 

जेर्रार्ड पिके र शाकिरा सन् २०१० यता एक अर्कासँग प्रेममा रहेका छन् यद्यपि दुवै दुवैले भने अहिलेसम्म विवाह भने गरेका छैनन्। 

विवाह नभए पनि उनीहरुका नाममा अहिलेसम्म १२ वर्षको सम्बन्धमा दुई छोराछोरी रहेका छन्। 

केही महिनायता दुवैले सामाजिक सञ्चालमा एकअर्काको फोटो हाल्न छाडेपछि विदेशी सञ्चारमाध्यमले उनीहरुबीच खटपट रहेको कुरा बताइरहेको थियो। 

साकिराले गत मार्च देखि पीके संगको तस्वीरहरु सामाजिक सञ्जालमा हालेकी छैनन।errard pique  

 

Leave a Reply

Next Post

डी ब्रुन र हालान्डले तहल्का मच्चाउन सक्छन

Fri Jun 3 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर मार्केटमा विश्वस्तरीय फरवार्ड भित्र्याउने म्यान्चेस्टर सिटीको गुरुयोजना यसपटक भने सम्भव भएको छ। आफ्नै कीर्तिमानी गोलकर्ता सर्जियो अग्वेरोको प्रस्थानसँगै म्यानचेष्टर सिटीले युवा खेलाडीहरुलाई उक्त स्थानमा मौका दिएको थियो।  रहिम स्टरलिंग र ग्याब्रियल जिससको लयले सिजनको लामो दौडमा निरन्तरता पाउन नसक्दा सिटि अर्का स्ट्राइकर भित्राउन बाध्य बन्यो। […]
%d bloggers like this: