हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली मिडफिल्डर पल पोग्बा पुनः इटालीयन महारथी युभेन्टस फर्केने भएका छन्।
सन् २०१६ मा जोसे माउरिन्होको पहिलो तथा महँगा ट्रान्सफर बनेर म्यानचेस्टर युनाईटेडमा उनको फिर्ती भएको थियो।
उक्त समयमा संसारका सबैभन्दा महंगा ट्रान्सफरका रुपमा ओल्ड ट्राफर्ड भित्रिएका पोग्बा, प्रशिक्षक जोसेसंग नमिठो सम्बन्धका कारण चर्चाको बिन्दु बनेका थिए।
पोग्बाले सन् २०१२ मा ओल्ड ट्राफोर्ड फ्री ट्रान्सफरमा छोडेपछि इटाली पुगेका थिए।
करीब ६ बर्षको म्यानचेस्टर बसाई पश्चात पोग्बा पुनः फ्री ट्रान्सफरमा युभेन्टस फर्कने भएका हुन्।
तर म्यानचेष्टर युनाइटेडमा लगातार खराब प्रदर्शनबाट गुज्रिएका उनले अधिकांश समय प्रशंसकबाट नकारात्मक प्रतिक्रिया बटुले।
जसका कारण युनाईटेडले उनका लागि थमाइएको अहिलेको युभेन्टसको भन्दा निकै राम्रो सम्झौतापत्र नकार्दै क्लब छाड्ने निर्णय गरे।
यसको मतलब यो हो कि उनी अब कुनै पनि क्लबको लागि निःशुल्क स्थानान्तरणमा साइन इन गर्न उपलब्ध छन् र अहिले युभेन्टसले दौड जितेको छ।
उक्त ट्रान्सफर अबको केहि समयमा पुरा हुने रिपोर्टहरु इटालीबाट आएका छन् भने दुवै पक्ष यसमा विश्वास्त मानिएको छ।
फ्रान्सेली मिडफिल्डरले ‘ओल्ड लेडी’ को लागी पुन: साइन इन गर्दा हप्तामा लगभग £१३०,००० प्राप्त गर्ने अपेक्षा गरिएको छ।
म्यान युनाईटेडमा उनले प्रति हप्ता कमाएको £ २९०,००० बाट एक महत्त्वपूर्ण तलब कटौतीमा उनि पुनः इटाली फर्कने भएका हुन।
पोग्बाले आफ्नो करियरको सुरुमा युभेन्टसमा चार वर्षको सफल स्पेलको आनन्द उठाएका थिए।
सबै प्रतियोगिताहरूमा १७८ खेलहरूमा उनले ७४ गोलमा योगदान गरे भने क्लबलाई चार सेरी ए उपाधि जित्न मद्दत गरे।
रेड डेभिल्स अहिले आफ्नो प्रतिस्थापनको खोजीमा छ, उसले बार्सिलोनाका मिडफिल्डर फ्रांकी डी जोंगलाई प्राथमिकतामा राखिएको छ।
नयाँ प्रशिक्षक एरिक टेन ह्याग पूर्व खेलाडी तथा स्टार फ्रानकीसँग पुन: मिलन गर्न उत्सुक छन्।
तर बार्सिलोनाले उनको लागि लगभग £७० मिलियनको अपेक्षा गरिरहेको छ।