हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| प्रिमियर लिगका खेलाडीहरूले अब प्रत्येक खेलको अगाडि घुँडा टेक्ने जेस्चरलाई आंशिक रुपमा त्याग गरिदिने भएका छन्।
हाल प्रत्येक खेलमा भइरहेको जातिवाद विरुद्धको इशारामा भने केहि “महत्वपूर्ण क्षणहरू” मा घुँडा टेक्न भने प्रतिबद्धता देखाएका छन्।
‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानको लागि समर्थन देखाउन जुन २०२० मा सुरु भएको अभियानमा फुटबलर लगायतका खेलाडीहरुले खेल अघि घुँडा टेक्ने गरेका थिए।
अब “फुटबल वा समाजमा नस्लवादको कुनै स्थान छैन भन्ने सन्देशलाई विस्तार गर्न” भन्ने नाराको लागी थप प्रयोग गरिनेछ।
तर प्रिमियर लिगका कप्तानहरूले निस्चित खेलहरुका लागि मात्र यी कुराहरु पुनः दोहोर्याउने भएका छन्।
अक्टोबर र मार्चमा, बक्सिङ डे, सिजनको अन्तिम राउन्ड र एफए कप र लिग कप फाइनलमा समर्पित “जातिवादका लागि कुनै ठाउँ छैन” भन्ने नाराका साथ सप्ताहन्तको सुरुवाती राउन्ड खेलहरू अगाडि घुँडा टेक्ने कुरामा सहमत भएका छन्।
गत हप्ता भेटेका प्रिमियर लिगका कप्तानहरूले एक संयुक्त विज्ञप्तिमा भने: “हामीले सबै प्रकारका जातिवाद विरुद्ध हाम्रो एकतालाई हाइलाइट गर्न सिजनको दौडान घुँडा टेक्ने महत्त्वपूर्ण क्षणहरू चयन गर्ने निर्णय गरेका छौं र त्यसो गर्दा हामी एकता देखाउन जारी राख्छौं।”
-एजेन्सी