हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरले पार्क डेस प्रिन्सेसमा आफ्नो छाप राख्न काम कारवाही जारी राखेका छन्।
पेरिसको संरचनालाई पुनः विकसित गर्ने प्रयासमापेरिसका खेलकुद निर्देशक लुइस क्याम्पोसले आफ्नो रणनिती अनुसार काम सुरु गरिसकेका छन्।
जस अन्तर्गत पेरिस सेन्ट-जर्मेन यस समरमा आफ्नो योजनामा नभएका खेलाडीहरूलाई क्लबबाट विदा दिन निकै आतुर देखिन्छ।
आफ्नो योजना सफल बनाउन अब पेरिसले थप कठोर चाल चल्न सक्ने स्पेनी पत्रिका मार्काले जनाएको छ।
रिपोर्टले बताए अनुसार खेलाडीहरूलाई धकेल्न उनीहरूलाई फ्रान्सेली फुटबलको पाँचौं तहमा आफ्नो दोस्रो टोलीसँग खेल्न पठाउने धम्की दिइरहेका छन्।
एन्डर हरेरा, इकार्डी, ड्राक्सलर लगायत ७ खेलाडीहरूको सूचीमा छन्।
उनीहरुलाई पेरिसले अगस्टको अन्त्यमा विन्डो बन्द हुनु अघि छुटकारा पाउने आशा गरिरहेको छ।
फ्रान्सेली पत्रिका एल एकिपेलाई उद्धृत गर्दै मार्काले पेरिसले उनीहरूले माथि उल्लिखित व्यक्तिहरूलाई चेतावनी दिइसकेको कुरा जनाएको छ।
यदि उनीहरूले ट्रान्सफर अस्वीकार गरेको खण्डमा उनीहरू पाँचौं तहमा जान सक्ने बताईएको छ।
नयाँ खेलकुद निर्देशक लुइस क्याम्पोस नचाहिने खेलाडीहरूलाई छोड्न बाध्य पार्न उत्सुक मानिन्छन्।