रहिम स्टरलिंग चेल्सीमा!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चेल्सीले म्यानचेस्टर सिटीका स्टार विंगर/फरवार्ड रहिम स्टर्लिङलाई लन्डन भित्र्याउन सफल भएको छ।

प्रिमियर लिग च्याम्पियन सिटिले स्टरलिंगलाई ४५ मिलियन पाउण्ड र १० मिलियन अन्य एड अन सहित चेल्सीलाई बेच्ने आधिकारीक भएको हो।

यसअघि म्यानचेष्टर सिटीले रहिमका लागि कम्तीमा पनि ६० मिलियन तिर्नुपर्ने बताएको थियो। सम्झौता सन् २०२७ सम्म चल्ने बताईएको छ।

ट्रान्सफर गुरु फब्रिजियो रोमानो अनुसार चेल्सीले विंगरका लागि नयाँ प्रस्तावमा एड अन थपे पछि ट्रान्सफर हुने पक्का भएको हो।

चेल्सीले फर्वार्ड लाइनमा थप गुणस्तर बढाउनका लागि अन्य नयाँ हस्ताक्षर गर्न खोजिरहेको छ।

एरलिंग हालंडको आगमन पछि म्यानचेस्टर सिटिमा उनको खेल्ने समय थप घट्न सक्ने अनुमान लगाईएको थियो। पछिल्लो समय उनको फर्मको विषयले पनि चर्चा बटुलीरहेको थियो।

त्यसैकारण पनि आउँदो कतार विश्वकपमा आफ्नो स्थान बनाउन रहिमलाई यो ट्रान्सफर महत्वपूर्ण रहेको छ।

सन् २०१५ मा झन्डै ५० मिलियन पाउण्डमा लिभरपुलबाट सिटि सामेल भएपछि उनले चार प्रिमियर लिग उपाधि जित्न महत्वपूर्ण भूमिका खेले।

गत सिजनमा सबै प्रतियोगितामा १७ गोल गरेको र पेप गार्डियोलाका लागि स्टर्लिङको प्रमुख सदस्य रहेका थिए।

चेल्सीले गत वर्ष भित्र्याएका रोमेलु लुकाकु संगको असफलता पछि यस समरमा आफ्नो फरवार्ड लाइन पूर्ण रूपमा सुधार गर्न खोजिरहेको छ।

स्टर्लिङलाई विन्डोको सुरुवातमै सम्भावित ट्रान्सफर टार्गेटको रूपमा हेरिएको थियो र उनि नयाँ मालिक बोहलीको युगको नयाँ र पहिलो हस्ताक्षर बनेका छन्।

सिटीबाट स्टर्लिङलाई अनुबन्ध गर्नु चेल्सीको लागि उत्कृष्ट समय हुन सक्छ। किनभने पछिल्ला ५ सिजनमा रहिमले आँफुलाई प्रिमियर लिगका उत्कृष्ट फरवार्डहरू मध्ये एक बनाईसकेका छन्।

इंग्लिस डिभिजनमा कुनै पनि टोलीका लागि मुख्य भूमिका खेल्न सक्षम भएकाले प्रिमियर लिगमा आफ्नो वर्चस्व कायम राख्ने हेतुले हिँडेको चेल्सीलाई महत्वपूर्ण योगदान दिन सक्छन।

Leave a Reply

Next Post

डेम्बेले र बार्सिलोनाको सम्झौतामा नयाँ मोड

Mon Jul 11 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोना तथा फ्रान्सका स्टार खेलाडी उसमान डेमबेले अन्तत: क्याटलन टोलीमै रहने भएका छन्।  बार्सिलोना संग कठिन वार्ता पश्चात निकै लामो अन्तरालपछि उस्मानले आफ्नो सम्झौतालाई नयाँ मोड दिंदै नविकरण गर्ने भएका हुन्। नयाँ सम्झौता सन् २०२४ सम्म चल्ने बताईएको छ. क्लब र उनको पछिल्लो वार्तामा छोटो समयको लागि […]
%d bloggers like this: