“राग्निकले युनाईटेडलाई पनि मुर्ख बनाए”

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| करिब ७ महिना अगाडि म्यानचेष्टर युनाइटेडमा अन्तरिम प्रशिक्षकका रुपमा आएका राल्फ राग्निकले पूर्ण रुपमा क्लब छाड्ने भएका छन्। 

जर्मन फुटबलमा गिगन प्रेसिंगको पिता समेत भनेर चिनिएका राल्फलाई आधुनिक फुटबलमा प्रेरणादायी प्रशिक्षक मध्ये एक मानिन्छ। 

आफ्ना दिग्गज खेलाडी ओले गनरलाई बर्खास्त गरेपछि खाली बनेको ठाउँमा अन्तरिम प्रशिक्षकको रुपमा राल्फ आएका थिए।

सुरुवातमा केही समय राम्रो लय समातेको म्यानचेस्टर युनाईटेडले जनवरी पश्चात आफ्नो राम्रो फर्मलाई निरन्तरता दिन सकेन।

आफ्नो कार्यकाल समाप्त सँगै उनले अष्ट्रियाको नयाँ प्रशिक्षकको रुपमानयाँ भूमिकामा देखिने तय भइसकेको छ।

तर पनि सल्लाहकारकै रूपमा बस्ने बताएपनि क्लबले उनीसँग सम्बन्ध तोड्ने भएको छ।

म्यानचेष्टर युनाइटेडलाई पार्ट टाइम जागिरको रुपमा नराख्ने घोषणा गरिसकेको छ। उक्त घटना लिएर अहिले इन्टरनेटमा बहस सुरु भएको छ।

लोकोमोटिभ छाडेर युनाईटेड आएको बेला लोकोका केहि सदस्यले उनलाई गैरजिम्मेवार ढंगले क्लब छाडेको आरोप लगाएका थिए।

त्यति बेलै भानिएको कुरा : पैसाका पछि दौडिने उनी, मौका र राम्रो पैसा पाएमा युनाइटेड पनि छाड्नेछन भन्ने कुराले सार्थकता पाएको छ।

युनाइटेडका समर्थकले त उनको कार्यकाल अहिलेसम्मकै सबैभन्दा लाजमर्दो समेत भएको बताएका छन्। 

आफ्नो कमजोरी ढाकछोप गर्नका लागि निरन्तररुपमा क्लबको आलोचना गरेको, खेलाडीलाई अव्यवस्थित ढंगले समायोजन गरेको, रणनीति बिहिन रहेको भनेर समेत प्रस्ट्याएका छन्। 

जसको कारण छैठौ स्थान हात पारेको युनाईटेडले प्रिमियर लिग इतिहासमै सबैभन्दा कम अङ्क समेत बटुलेको छ भने च्याम्पियन्स लिगबाट पनि बाहिरिएको छ। 

युनाइटेडको जिम्मेवारी लिनु अगाडि नै ६ महिनाको कार्यकाल र आगामी दुई वर्ष सल्लाकारको रुपमा नियुक्त भइसकेका राल्फले, अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी लिनु र युनाइटेडसँग पनि सम्झौतामा बस्नु मूर्ख बनाइएको समेत टिप्पणी आएका छन्। 

उनको कार्यकाल समाप्त हुने घोषणा भएसँगै डच प्रशिक्षक टेन ह्यागले युनाइटेडको अबको व्यवस्थापन सम्हाल्ने भएका छन।

 

Leave a Reply

Next Post

أخبار السفارات embassies news в LinkedIn: 1xbet официальный сайт зеркало 1хбет официальное зеркало сайт أخبا

Mon May 30 , 2022
أخبار السفارات embassies news в LinkedIn: 1xbet официальный сайт зеркало 1хбет официальное зеркало сайт أخبار 1xBet: официальный сайт, зеркало, регистрация Content BET букмекерская компания: регистрация и вход в аккаунт игрока «Регистрация по номеру телефона» ❕ Вход на 1xbet официальный сайт ❕ Новости от пользователей Cashback – возврат проигранных денег Подарки […]
%d bloggers like this: