हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको अद्भुत सफलतासँगै रियल मड्रिड टोलीलाई इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले अर्को चुनौतीको थपेका छन्।
स्पेनी पत्रिका मार्काले जनाए अनुसार रियल मड्रिडका अध्यक्ष पेरेज र प्रशिक्षक कार्लो एन्सेलोटीले १५औं च्याम्पियन्स लिगका लागि टोलीलाई दबाव दिएका छन्।
रिपोर्टमा बताउँदै पत्रिकाले मड्रिडले गत वर्ष पाएको सफलता अब विगत भइसकेको र अब टोलीले नयाँ चुनौतीका लागि तयार रहनुपर्ने बताएको छ।
नयाँ चुनौतीमा पुनः युरोपेली च्याम्पियन्स लिग संगै लालिगा उपाधि रक्षा गर्नु रहेका छन्। यस बाहेक क्लब संग अर्को विकल्प नभएको जनाइएको छ।
आउँदो साता बार्सिलोना विरुद्ध अमेरिकामा प्रतिस्पर्धा गरे सँगै रियल मड्रिडको नयाँ सिजनले पहिलो पाइला चाल्नेछ।
इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्नो टोलीमा सधै जित्ने चाहना र दृढता लाई कायम राख्न जोड दिइरहेको कुरालाई मुख्य विन्दु बनाइएको छ।
करिम बेन्जेमा र भिनिसियस जुनियर जस्ता खेलाडीले गत सिजन रियल म्याड्रिडको धेरै चर्चा बटुल्न सफल भए।
शिर्ष स्तरको खेल प्रदर्शन गरेका खेलाडीहरूका लागि पुरस्कारहरू आगामी दिनहरूमा आइपुग्नेछन्।
पहिलो चरणमा युरोपेली अवार्डहरूबाट सुरु हुनेछ जुन इस्तानबुलमा अगस्त २५ मा च्याम्पियन्स लिगको ड्रमा हस्तान्तरण गरिनेछ।
फ्रान्सेली खेलाडी करिम बेन्जेमालाई स्पेनी पत्रिकाको मार्का अवार्ड सँगै यसपटकको वर्षको उत्कृष्ट खेलाडीको उपाधि जित्ने प्रमुख दाबेदारको रुपमा हेरिएको छ।
कामभिंगाले गोल्डेन बोइको अवार्ड आफ्नो नाममा गर्ने प्रवल सम्भावना रहेको छ।
ब्राजिलियन विंगर भिनिसियसले र लुका मोद्रिचले विश्वका उत्कृस्ट ११ खेलाडीमा नाम बनाउन सक्नेछन।
त्यसैगरि गोलकिपर कोर्तोवाले विश्वकौ उत्कृस्ट गोलकिपरको अवार्ड जित्नेछन।
बेन्जेमा संगै नाचो, क्रुस, कास्मेरो लगायतका खेलाडीले टोलीमा पुनः गतिशीलता ल्याउने बिश्वास गरिएको छ।
चेल्सीबाट रुडीगर र मोनाकोबाट ८० मिलियनमा मिडफिल्डर चाउमेनी भित्र्याएको मड्रिडले अन्य नयाँ हस्ताक्षर गर्ने अपेक्षा गरिएको छैन।