हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको अपार सफलता सँगै रियल मड्रिडका स्टार टोनी क्रुसले यस सिजन आफ्नो उद्देश्य सिक्सटपल रहेको बताएका छन्
सिक्सटपल अर्थात घरेलु र युरोपियन सुपरकपसंगै फिफा क्लब विश्वकप र अन्य मुख्य उपाधिहरु।
स्पेनिस क्लब अन्तर्गत बार्सिलोनाले मात्र यस्तो उपाधि हात पार्न सफल भएको छ। सन् २००९ मा पेप ग्वार्डीयोलाको नेतृत्वमा बार्साले उक्त सफलता हात पारेको थियो।
यो सिजन रियल म्याड्रिडका लागि छ वटा सबै उपाधि जित्ने कुरालाई टिओनी क्रुसले अस्वीकार गर्दैनन्।
जर्मन मिडफिल्डर आउँदो सिजनका लागि देखिएका आशावादी छन र रियल म्याड्रिडको जित्ने क्षमतामा शंका गर्ने जो कोहीलाई गत सिजनकै जस्तो आश्चर्य दिने विचारमा छन्।
ला लिगा सान्टान्डर, च्याम्पियन्स लिग, कोपा डेल रे, स्पेनिस र युरोपेली सुपर कप र क्लब विश्वकप प्रतियोगितामा लस ब्लान्कोस सहभागी हुनेछ।
“मलाई आशा छ हामी सबै उपाधिका लागि लड्नेछौं,” उनले रियल म्याड्रिड टिभीलाई भने।
“रियल म्याड्रिडमा तपाईले खेल्ने हरेक प्रतियोगिता जित्न चाहनुहुन्छ, यद्यपि यो सधैं सम्भव छैन।
“त्यहाँ धेरै ट्रफी छन् र हामीलाई चिन्ने जो कोहीलाई थाहा छ कि हामी ती सबैको लागि लड्नेछौं।
“हामी हरेक दिन राम्रो र राम्रो हुँदैछौं। हामी सिजनको लागि कडा मेहनत गरिरहेका छौं।
“अब यो अगस्ट १० को लागि तयार हुनको लागि, खेलक वास्तविक लयमा पुग्ने बारे हो, जब हामी पहिलो उपाधिका लागि खेल्छौं।
“हामी महत्त्वपूर्ण खेलहरूको लागि तयार हुनुपर्छ।”
“यो सँधै जस्तै हो। यो प्रि-सिजन हो र हामीलाई थाहा छ कि यो कत्तिको महत्त्वपूर्ण छ। आउँदै गरेको सबै कुराको लागि तयारी गर्नु महत्त्वपूर्ण छ किनभने यो धेरै लामो सिजन हो।”
हाल अमेरिकामा प्र सिजन टुरमा रहेको रियल मड्रिड, आउँदो अगस्ट ११ मा युरोपा लिग विजेता फ्रान्कफुर्ट विरुद्ध युरोपियन सुपर कप खेल्दै आफ्नो सिजनको सुरुवात गर्ने छ।