हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस लालिगा अन्तर्गत साविकको विजेता रियल मड्रिडले आफ्नो लिगको शतप्रतिशत जित यात्रालाई कायमै राखेको छ।
घरेलु मैदान सान्टियागो बर्नेबाउमा मालोर्कालाई ४-१ गोल अन्तरले पराजित गर्दै मड्रिडले लगातार पाँचौ जित निकाल्न सफल भएको हो।
मड्रिडको जितमा फ्रेडे भालभर्दे, भिनिसियस जुनियर, रोड्रीगो र रुडीगरले गोल गर्दै मड्रिडलाई लगातार पाँचौ जित दिलाए।
पहिलो हाफको ३५ औ मिनेटमा १-० ले पछि परेको अवस्थालाई मड्रिडले घरेलु मैदानमा शानदार पुनरागमन गर्न सफल भएको थियो।
पाहुना टोलि मालोर्काको तर्फबाट मुरिकीले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका थिए।
पछि परेको अवस्थामा भालभर्देले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
मड्रिडले दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै, खेलको मध्यान्ह पश्चात थप ३ गोल गर्न सफल भएको थियो।
मड्रिडको जितमा भिनिसियस जुनियरले ७२औ, रोड्रीगोले ८९ औ र रुडीगरले ९०+३औ मिनेटमा गोल गर्दै मड्रिडलाई लगातार पाँचौ जित दिलाए।
लगातार जित संगै मड्रिड तालिकामा १५ अंक सहित पुनः शिर्ष स्थानमा उक्लिएको छ भने उसलाई पछ्याउदै बार्सिलोना दोस्रो तथा भिल्लारियल तेस्रो स्थानमा रहेको छ।