रियल मड्रिड शिर्ष स्थानमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सेल्टा भिगोको घरेलु मैदान बलाईडोसमा शानदार जित निकाल्दै डिफेन्डिंग च्याम्पियन रियल मड्रिड शिर्ष स्थानमा उक्लिएको छ।

गत सिजन देखि शानदार फर्ममा देखिएका फ्रान्सेली स्टार बेन्जेमाले आफ्नो प्रस्तुति कायमै राखेपछि रियलले सेल्टालाई ४-१ गोलले पराजित गरेको हो।

बेन्जेमा संगै ब्राजिलियन विंगर भिनिसियस जुनियर, लुका मोद्रिच र फ्रेडे भाल्भार्देले रियल मड्रिडको जितमा गोल गर्दा सेल्टाका तर्फबाट इयेगो आसपासले गोल फर्काए।

पहिलो हाफको १४औं मिनेटमा कप्तान बेन्जेमाको पेनाल्टी गोलबाट रियलले सुरुवाती अग्रता लिएको थियो।

२३औं मिनेटम इयागोले पेनाल्टीमार्फत नै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। ४१औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।

५६औं मिनेटमा भिनिसियसले मोड्रिचकै पासमा गोल गरेपछि रियलले खेलको मध्यान्तरमा ३-१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।

६६औं मिनेटमा फेडे भाल्भेर्डेले भिनिसियसको पासमा गोल गरेपछि रियल खेलमा ४–१ ले विजयी भयो।

लामो समय पश्चात मैदानमा उत्रिएका बेल्जियन खेलाडी इडेन हाजार्डले पेनाल्टीमा गोल गर्ने मौका गुमाए। ८७ औं मिनेटमा पाएको पेनाल्टीमा हाजार्डले गोल गर्न सकेनन्।

लगातार दोस्रो जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। हार बेहोरेको सेल्टा १४औ स्थानमा रहेको छ।

Leave a Reply

Next Post

रियल सोसीडाड र बार्सिलोना भिड्दै

Sun Aug 21 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस लालिगा अन्तर्गत दोस्रो राउण्डको खेलमा आज बार्सिलोना र रियल सोसिडाड आमने सामने हुँदैछन। खेल रियल सोसीडाडको घरेलु मैदान इस्टाडीयो एनोइटामा हुनेछ। पहिलो खेलमा जित निकालेको सोसिडाड यसपटक बार्सिलोनालाई हराउने दाउमा रहेको छ। सन् २०१५ मा आफ्नै घरेलु मैदानमा जित हातपारे पश्चात, पछिल्लो सात बर्ष यता सोसिडाडले […]
%d bloggers like this: