हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपियन सुपरकपमा फ्रान्कफुर्टलाई पराजित गर्दै सिजनको राम्रो सुरुवात गरेको मड्रिडले, अब ट्रान्सफर योजना बन्द गर्ने भएको छ।
क्लबको ट्रफी क्याबिनेटमा अर्को युरोपियन ट्रफी सुसज्जित गर्दै, मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यस सिजनलाई मड्रिडको रोस्टर पूर्ण भएको बताएका छन्।
रियलले ट्रान्सफर सिजनको महत्वपूर्ण समय फ्रान्सेली खेलाडी किलियन एम्बाप्पेको असफल ट्रान्सफरका लागि बिताउन पुग्यो।
तर अन्तिम समयमा आएर किलीयनले पेरिससंगको सम्झौता नविकरण गरेपछि रुष्ट बनेको मड्रिडले, मिडफिल्डर चाओमेनी र चेल्सीबाट डिफेन्डर रुडीगर भित्राएको थियो।
आफ्नो स्थानान्तरण रणनिती बारेमा बोल्दै क्लबका अध्यक्ष पेरेजले क्लबको अहिलेको स्क्वाड योजना अनुसार कै रहेको बताएका छन्।
dr
साथै प्रशिक्षक कार्लोले पनि अहिलेको स्थितिमा पर्याप्त रहेको र अन्य खेलाडी थप्न नपर्ने मनसाय रहेको बताएका छन्। कार्लोका बारेमा बोल्दै पेरेज भन्छन:
“एन्सेलोटीले यो टोलीलाई राम्रोसँग व्यवस्थापन गरेका छन्, उनि सफलताको महत्त्वपूर्ण अंश हुन।”
‘हामी आइतबारबाट सुरु हुने यो नयाँ सिजनलाई ठूलो उत्साहका साथ सुरु गर्छौं।’
“यो वर्ष हाम्रो लागि सबै ठीकठाक भएको छ र कोही पनि असन्तुष्ट हुन सक्दैन। तर हामीले काम गरिरहनुपर्छ, हरेक दिन हामी आफ्नो भविष्यका लागि काम गर्छौं।”
रियल म्याड्रिडले जित्यो यूईएफए सुपर कप:
युरोपेली च्याम्पियन्स लिगको विजेता रियल म्याड्रिडले यस सिजनको यूईएफए सुपर कपको उपाधि जितेको छ।
स्पेनिस क्लबले युरोपा लिग विजेता आइनट्राक्ट फ्रान्कफर्टलाई २-० ले पराजित गर्दै सिजनको सुरुवात उपाधिसहित गरेको हो।
रियल म्याड्रिडका लागि डेविड अलाबा र करीम बेन्जेमाले १-१ गोल गरे। यससँगै रियल म्याड्रिडले सुपर कप जित्ने सूचीमा बार्सिलोना र एसी मिलानसँग बराबरी गरेको छ।
तीन टोलीले समान ५-५ पटक सुपर कप उपाधि जितेका छन्। रियल यसअघि सन् १९९८, २००० र २०१८ मा सुपर कपमा उपविजेता बनेको थियो।
-एजेन्सी