हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डिफेन्डिंग च्याम्पियन रियल मड्रिडले लालिगाको नयाँ सिजन उत्कृस्ट पुनरागमन गर्दै सुरुवात गरेको छ।
सुपर कपमा सुरुवात गरेका कासेमिरो, मिलिताओ, मोद्रिच लगायतका खेलाडीलाई बिश्राम दिएका एनसेलोट्टीले मिडफिल्डमा चाओमनी र कामभिंगालाई उतारेका थिए।
गत सिजनको कथा जस्तै यसपटक पनि रियललाई संघर्षपूर्ण जित निकाल्नका लागि बेन्चबाट आएका खेलाडीहरुको प्रदर्शन उल्लेख्य रह्यो।
अल्मेरियाको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको चौथो मिनेटमै साविकको विजेता मड्रिड खेलमा पछि परेको थियो।
इनिगो इगुआरासले दिएको चलाखीपूर्ण पासलाई रमाजानीले अफसाइड बिट ट्रयाप गर्दै वान भर्सेस वानको स्थितिमा सहज फिनिस गरेका थिए।
पछि परेको अवस्थामा केहि आक्रामक देखिए पनि रियलका लागि राम्रा प्रयासहरु विफल हुँदा खेलमा फर्कने संकेत भने देखाउन सकेको थिएन।
रियलले दोस्रो हाफको ६१औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो।
भिनिसियसको प्रयास रिवाउन्ड भएर फर्कदा बेन्जेमाले मिलाइदिएको पासलाई भास्क्वेजले १० यार्डबाट सहज गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
तर मैदानमा वैकल्पिक खेलाडीका रुपमा छिरेका डेभिड अलावाले सेट पिसमा सानदार गोल गर्दै रियल मड्रिडलाई उत्कृस्ट पुनरागमन जित दिलाए।
७५ औ मिनेटमा डेभिड अलाबाको फ्रिकिक टप कर्नरमा पोलमा लाग्दै गोलमा परिणत भएको थियो।