रियल मड्रिड विजय: भाग्य, संकल्प र ईतिहास

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडले केहि महिना अगाडी आफ्नो चिरप्रतिद्वन्द्वी बार्सिलोना विरुद्ध आफ्नै घरेलु मैदानमा ४-० को पराजय भोगेको थियो। 

त्यस बखत शीर्षस्थानमा रहेको रियल मड्रिडले त्यस्तो नतिजा आत्मसात गर्दा भाग्यले माथि पुगेको मड्रिड भन्ने जमात बाक्लो थियो।

सायद त्यही रियल मड्रिड टोलीले ऐतिहासिक च्याम्पियन्स लिग उपाधि जित्छ भनेर कसैले भनेको भए डाँको छाडेर हाँस्थे होला।

तर उक्त अपमानजनक नतिजा अंगालेर अघि बढेको रियल मड्रिड पराजयमा रोकिएन।

उसले घरेलु लिग उपाधि संगै कीर्तिमानी १४ औं पटक युरोपेली च्याम्पियन्स लिग पनि आफ्नो नाम गरेको छ। 

समग्र युरोपेली सिजनमा मड्रिडले जुन कारनामा देखायो, बर्तमान समयको सबैभन्दा अपत्यारिलो, अविश्वसनीय र अतुलनीय हो भन्दा फरक पर्दैन।

पछिल्लो दुई महिनामा रियल मड्रिडले इतिहास किन जरुरी छ भन्ने पाठ युरोपका केहि शीर्ष क्लबलाई पढाउन सफल भएको छ।

यस संगै प्रतियोगिता जित्न थोरै भाग्य, इतिहास र संकल्प पनि चाहिन्छ भन्ने कुरालाई छर्लङ्ग बनाइदिएको छ। 

त्यो चाहे पेरिस विरुद्धको पराजय पल्टाउँदै चेल्सीविरुद्धको कथा होस्, अथवा म्यानचेस्टर सिटि विरुद्धको अद्भुत पाँच मिनेटको कथा।  

जसरी अन्तिम पाँच मिनेटमा खेल कायापलट भएको थियो, त्यो उर्जा हार नमान्ने इतिहास र घरेलु दर्शकको अपार मायाको फल थियो।

यी सम्पुर्ण खेलमा रियल मड्रिडको तर्फबाट केहि कुरा साझा थिए : समर्थक, इतिहासले दिएको उर्जा, भाग्यसंकल्प

रियलले ‘भाग्यले गर्दा’ भन्ने उपमा आफ्नो शिरमा लिएर प्रतियोगितामा एक पछि अर्काे पाइला राखिरहँदा, टोलीमाथि इतिहास दोहोर्याउने अर्को संकल्पले अपत्यारिलो काव्य रचिरहेको थियो।

लिभरपुल विरुद्धको फाइनलमा पनि रियल मड्रिडका समर्थक बाहेक अन्य थोरैले मात्र सोचेका थिए होलान् खेल मड्रिडको पक्षमा पर्छ भनेर। 

हामी रियल मड्रिड हौँ, हामी युरोपेली फुटबलको राजा हौँ, हार मान्दैनौ” भन्ने दम्भको चित्रण प्रतियोगिताको  फाइनलमा प्रष्ट देखिन्थ्यो। 

इंग्लिस टोलि लिभरपुलको आक्रमक फर्मको अगाडि रियल मड्रिडको जित निकै थोरैलाई मात्रै विश्वास थियो। 

खेलमा लिभरपुलको हाबी पनि भयो उत्कृष्ट मौका पनि पायो तर उपाधि भने मड्रिडकै नाममा हुन गयो।

यस खेलले फुटबलमा दर्शन, रणनीति र फर्म एकातिर छन् भने प्रतियोगिता जित्नका लागि विपक्षीको पोस्ट अगाडि कुशलता देखाउन सबैभन्दा अत्यावश्यक छ भन्ने कुरालाई उजागर गर्दिएको छ।

Leave a Reply

Next Post

साडियो मानेले लिभरपुल छाड्ने

Sun May 29 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सेनेगल तथा लिभरपुलका स्टार फरवार्ड साडियो मानेले लिभरपुल छाड्ने भएका छन्। च्याम्पियन्स लिगमा पराजय बेहोरे सँगै साडियो मानेले पनि आफ्नो भविष्य अन्तै विचार गर्ने निर्णय गरेका हुन। फाइनल अघि आफ्नो भविष्यको पूर्ण जानकारी खेल पश्चात मात्र दिने बताएका मानेले, लिभरपुलमा आफ्नो ६ वर्षे करियरको अन्त्य गर्ने पक्का […]
%d bloggers like this: