हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| किर्तिमानी १४ पटकको युरोपियन कप विजेता रियल मड्रिड, नयाँ खेलाडीहरूको उपस्थिति सँगै स्पेनिस फुटबलमा थप शक्तिशाली भएको छ।
उसै त स्टार खेलाडीहरूको कमी नभएको मड्रिडमा यसपटक मिडफिल्ड र डिफेन्समा दुई नयाँ अनुहार थपिएका छन्।
ट्रान्सफर बजार अझै सक्रिय भएको हुनाले रियल मड्रिडमा अन्य खेलाडीहरूको आगमन हुन सक्ने सम्भावना बलियो छ।
तर चाओमेनी र एन्टोनि रुदिगरको साथमा आउँदो सिजन कार्लो एन्सेलोटीको मड्रिड निकै माथिल्लो स्तरको देखिएको छ।
फेडे भाल्भर्डे , एडुआर्डो क्यामाभिङ्गा , भिनिसियस जुनियर जस्ता खेलाडीको उपस्थितिमा दुइ नयाँ अनुहारले समग्र टोलीमा शारीरिक बल थपिएको छ।
यसरी शारीरिक र टेकनिकल क्षेत्रमा गरेको लगानीले जसले रियल म्याड्रिडलाई अर्को सिजन पुनः शिर्ष उपाधिको दाबेदार बनाएको छ।
शारीरिक मात्र नभई कौशल र द्रूत निर्णय आजको फुटबलमा सफलता हुँदा, रियल म्याड्रिडले उत्कृष्ट खेलाडीहरू ल्याएको छ।
त्यसमध्ये पनि चाओमेनीको अनुबन्धनले रियल म्याड्रिडमा हालैको प्रवृत्ति दर्शाएको छ।
केलियन एमबाप्पेको आगमन निश्चितप्राय भएर पनि अन्त्यमा टुक्रिदा अब त्यसको सम्पूर्ण शक्ति मिडफिल्ड चुस्त बनाउनेमा केन्द्रित देखिन्छ।
चाओ एक आधुनिक फुटबलर हुन। स्थान डिफेन्सिभ मिडफिल्डरकै भएपनि उनको खेल कासेमिरो भन्दा फरक छ।
उनीमा एजिलिटी, स्टामिना र बलको राम्रो समायोजन रहेको छ। सेन्ट्रल र डिफेन्सिभ दुवै मिडफिल्डमा उनि खेल्न सक्छन।
सेन्टर मिडफिल्डरको भूमिकामा उनि गोल गर्न, लाइन ब्रेक गर्न र स्तरीय स्ट्रिङ पासहरू निकाल्न सक्दछन।
उनलाई साथ दिन त्यहाँ डिफेन्समा उत्तिकै माहिर खेलाडीहरू पनि छन्।
फेर्ल्यान्ड मेन्डी एउटा उदाहरण हुन्, जसले आफ्नो स्थान प्राप्त गरेपछि के गर्न सक्छन् भनेर देखाएका छन्।
अर्को शक्तिशाली सेन्टर-ब्याक रुडिगर हुन्, जो प्रिमियर लिगमा सबैभन्दा छिटो मध्ये एक खेलाडी थिए।
रुडिगरले आफ्नो प्रभावकारी फ्रेमको अतिरिक्त धेरै चरित्र र डोमीनेन्स मड्रिडको डिफेन्सलाई प्रदान गर्दछन्।
टोलीमा मोड्रिच, क्रुस वा बेन्जेमाको उपस्थितिले एन्सेलोटीले खेलको नियन्त्रित शैली राख्न सक्षम हुनेछन्।