हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली शिर्ष डिभिजनमा आफ्नो क्लब दोस्रो डिभिजनमा घटुवा भएपछि समर्थक आफ्नै खेलाडीमाथि जाइलागेका छन्।
झण्डै दुई दशक पश्चात् फ्रान्सेली क्लब सेन्ट इटेन रेलिगेसनमा परे पछि घरेलु मैदानमा आफ्नै समर्थकले खेलाडीमाथि आक्रमण गरेका छन्।
फ्रान्सेली दोस्रो डिभिजनको क्लब अजेरे संगको रेलिगेसन प्ले अफ खेलमा पराजित भए पश्चात सेन्ट इटन रेलिगेसनमा परेको हो।
आइतबार भएको दोस्रो रेलिगेसन प्ले अफ खेलमा निर्धारित समयमा १-१ को बराबरीमा पुगेपछि रेलिगेसनको छिनोफानो पेनाल्टीमार्फत भएको थियो।
यसअघि को पहिलो प्ले अफ खेल पनि एक-एक को बराबरीमा सकिँदा समग्र लेग २-२ को बराबरी अवस्थामा सकिएको थियो।
त्यस्पचात भएको पेनाल्टीमा शीर्ष डिभिजनको क्लब सेन्ट इटनलाई ५-४ ले पराजित गर्दै अजेरेले शिर्ष डिभिजनमा सहभगिता जनाउन सफल भएको छ।
घरेलु टोली सेन्ट इटेन भने यसअघि सन् २००४ मा रेलिगेसन परेको थियो। त्यस यता उसले लगातार रुपमा फ्रान्सेली शिर्ष डिभिजनमा सहभागिता जनाइरहेको छ।
अजेरे भने झण्डै एक दशकको पर्खाइ पश्चात फ्रान्सेली शिर्ष डिभिजनमा उक्लन सफल भएको छ।
सेन्ट इटनका समर्थकले यस्तो दुर्वव्यहार देखाएको भने पहिलोपटक होइन।
एक महिनाअघि पनि सेन्टरका समर्थकले दुर्ववहार देखाएपछि घरेलु टोलीले दर्शक बिनानै खेल्नु पर्ने अवस्था आएको थियो।