चेल्सीका सदाबहार फ्लप ‘लुकाकु’

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत वर्ष चेल्सीले सय मिलियन युरोमा अनुबन्ध गरेका बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले क्लब छाड्ने भएका छन्। 

गत सिजन इन्टर संग सेरिया विजेता बनेर फर्किदा चेल्सीले उनको लागि करिब ९७ मिलियन पाउण्ड खर्चेको थियो। 

सुरुवाती ३ खेलमा ३ गोल गरेपछि आफ्नो सुखद् पुनरागमनको संकेत दिएका लुकाकुले उक्त लयलाई जारी राख्न सकेनन्। 

सिजनको मध्यभागमा उनले एक अन्तर्वार्ताका दौरान प्रशिक्षक टुकेलको खेल्ने शैली प्रति निराशाजनक प्रतिक्रिया दिएका थिए। 

अन्तर्वार्तामा चेल्सी छाडेर पुनः इन्टर मिलानमा फर्कन सक्ने अनुमान लगाएपछि चेल्सीका समर्थकहरु उनको व्यवहारप्रति रुष्ट बनेका थिए। 

टुकेलले त्यसपछि लगातार नियमित खेल्ने समय बाट वञ्चित गराउदै उनलाई बेन्चमा समेत राख्न पुगे।

तर उनले चेल्सी छाड्ने लगभग पक्का भइसकेको छ. आफ्नो चेल्सीसँग खेल्ने सपना साकार पारेका रोमेलुले सफल बन्ने सपना भने साकार पार्न सकेनन्।

यस अघि सन् २०११ मा एण्डरलेकबाट चेल्सी आउँदा पनि उनले खासै राम्रो प्रभाब पार्न सकेका थिएनन्. उनलाई ब्रिटिस मिडियाले फ्लप घोषणा गरेको थियो।

त्यसपछि अर्को प्रिमियर लिग क्लब एभर्टनमा राम्रो प्रदर्शन गरेपछि उनलाई जोसे माउरिन्होले म्यानचेस्टर युनाईटेड भित्र्याएका थिए।

पहिलो सिजन सुखद सुरुवात गरेपनि दोस्रो र तेस्रो सिजनमा उनले सोचेअनुसार प्रदर्शन गर्न सकेनन् र युनाइटेडबाट पनि बिदा लिएर इन्टर पुगे।

इन्टर मिलनमा प्रशिक्षक एन्टोन्यो कोनटेसँगको सहकार्यमा एकाएक खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै सेरिया उपाधि जित्न प्रमुख भूमिका खेले।

तर अविश्वसनीय रुपमा उनले चेल्सीका लागि यस सिजन ४४ खेल्दा केवल १५ गोल गर्न मात्र सफल भएका छन्। 

प्रदर्शनले मात्र नभई मैदान बाहिर पनि आफ्ना गतिविधिका कारण उनले चेल्सीमा लगातार दोस्रो पटक फ्लप सिजनको दर्जा बनाईसकेका छन्। 

चेल्सीसँग अब कुनै पनि हालतमा आफ्नो सम्बन्ध सुधार गर्न नसक्ने अवस्थामा पुगेका लुकाकुलाई लोनमा लाने प्रक्रिया इन्टरले सुरु गरेको छ।

चेल्सीको इतिहासमा सर्वाधिक महंगा खेलाडी बनेका लुकाकु उसका लागि अहिलेसम्मकै सबैभन्दा महंगा फ्लप पनि बनेका छन्। 

 

Leave a Reply

Next Post

अल्मुताइरिलाई मात्रै हटाउने कि लिगलाई पनि राम्रो बनाउने?

Thu Jun 16 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कुवेतमा एएफसी छनोट चरणको खेलहरु सकेर नेपाली टोली स्वदेश फिर्ता भइसकेको छ। सदाझैं यसपटक पनि रित्तो हात फर्केको नेपाली राष्ट्रिय फुटबल टोलीले सान्त्वनाका रुपमा प्रतियोगिताभर केवल एक गोल गर्न सफल भयो।  प्रशिक्षक अब्दुल्लाह संग मनमुटाब बढेपछि सिनियर टोलीका १० खेलाडी बिनै कुवेत उडेको नेपाली टोलीका लागि नवयुग […]
%d bloggers like this: