रोनाल्डो टोलीमा फर्कनेबारे टेन ह्याग अझै अनिश्चित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली प्रि सिजन अन्तर्गत म्यानचेष्टर युनाइटेड आफ्नो तेस्रो मैत्रीपूर्ण खेलमा मंगलबार क्रिस्टल प्यालेस विरुद्ध खेल्दैछ।

पछिल्लो दुईवटा खेलमा शतप्रतिशत जित हात पारेको युनाईटेड आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ।

विशेषगरी नयाँ प्रशिक्षक एरिक टेन ह्याग युनाईटेडमा आफ्नो खेलाउने शैलीलाई अझ सबल बनाउन प्रेरित देखिन्छन्।

एरिक टेन ह्यागले लिसान्ड्रो मार्टिनेज , क्रिस्चियन एरिक्सन र टायरेल मलासियाको हस्ताक्षर सुरक्षित गरेपछि म्यानचेस्टर युनाइटेडमा आफ्नो उपस्थिति महसुस गरिसकेका छन्।

आफ्नै स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिना भ्रमणमा निस्केको टोलीका लागि बोल्दै एरिकले, उनि संगको सहकार्य निरन्तरता दिने बताएका छन्।

च्याम्पियन्स लिगमा खेल्न चाहेकोले पोर्चुगिज खेलाडी रोनाल्डोले दुई साताअघि क्लब छाड्न आग्रह गरेको थिए।

गत सिजन २४ गोल गर्दै क्लबको शिर्ष गोलकर्ता समेत बनेका ३७ बर्षिया रोनाल्डोले क्लब खोज्न थालेका छन्।

उनका एजेन्ट जोर्ज मेंडेसले युरोपमा च्याम्पियन्स लिग सहित क्लबको लक्ष्य राम्रो भएको क्लब खोजिरहेको रिपोर्ट बताउछन्।

धमाधम क्लब खोज्ने कार्य अघि बढिरहेकै बेला, शिर्ष क्लबहरुले भने उनको प्रस्तावलाई स्वीकार नगरेका रिपोर्टहरु विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। 

तर, क्रिष्टियानो रोनाल्डोको भविष्य भने चर्चाको बिन्दु जस्तै ठूलो छ।

तर, टेन ह्यागले क्रिस्टल प्यालेस विरुद्धको खेल अघि बोल्दै क्लबले उनलाई बिक्रीको सुविधा नदिने स्पस्ट पारेका छन्।

” क्रिष्टियानो रोनाल्डो बिक्रीको लागि होइन,” उनले भने। “मैले उनीसँग अर्को सिजन योजना बनाएको छु र म सँगै काम गर्न उत्सुक छु।

“यसबाहेक, क्लबसँग अर्को सिजनको लागि आफ्नो सम्झौता विस्तार गर्ने विकल्प छ।”

रोनाल्डोलाई राख्ने आफ्नो इच्छाको बाबजुद , टेन ह्यागले पोर्चुगिज स्टार कहिले इंग्लिस क्लबमा पुन: सामेल हुनेछन् भन्ने निश्चित नभएको बताएका छन्।

रोनाल्डो औपचारिक रूपमा पारिवारिक कारणले गर्दा युनाइटेडको थाइल्याण्ड र अष्ट्रेलियाको भ्रमणमा सहभागी भएका छैनन् र प्रशिक्षकले आफ्नो फर्किने मितिबारे “सबै कुरा उस्तै छ, नयाँ केही छैन” भनेका छन्।

 

Leave a Reply

Next Post

टि २० लिगले मात्रै क्रिकेटको प्रगति हुन्छ र?

Tue Jul 19 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वभरि टी-ट्वान्टी खेलको आकर्षण बढ्दै जाँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर नपर्ने भन्ने कुरा असम्भव जस्तै छ।  त्यसमाथि पनि नेपालजस्तो क्रिकेटप्रेमी राष्ट्रमा बिदेशी लगायत स्वदेशी प्रतियोगिताहरुमा चाख रहनु स्वाभाविक नै हो।  नेपालमा पनि विगत पाँच वर्षयता चल्दै आएका एवरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग जस्ता टि-ट्वान्टी […]
%d bloggers like this: