हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत मंगलबार पोर्चुगलबाट फर्केपछि रोनाल्डोले म्यानचेस्टरलाई आफूले क्लब छाड्न चाहेको कुरा प्रष्ट पारेका छन्।
म्यानचेष्टर युनाइटेडको पटकपटकको अडान विपरित रोनाल्डोले आफूले जुनसुकै हालतमा पनि क्लब छाड्ने कुरा क्लबलाई भन्दै आएका छन्।
क्लब छाड्ने विषयले बजार पाएसँगै उनको नाम चेल्सी, बायर्न हुँदै अहिले एटलेटीको मड्रिडमा समेत पुगेको छ।
रियल मड्रिडमा करिब ९ वर्षको बसाइका क्रममा एथ्लेटिको मड्रिडका समर्थकहरु सँग खासै जम्न नसकेका रोनाल्डो अहिले आफ्नो पुरानो चिरप्रतिद्वन्द्वी तर्फ धकेलिएका छन्।
उनी क्लबमा सामेल हुने हल्लाले व्यापकता पाए संगै क्लवका समर्थकहरुले भने उनी विरुद्धको आक्रोश व्यक्त गर्न थालेका छन्।
यसको पछिल्लो उदाहरणमा सिजन सुरु हुनुभन्दा अघि भएको मैत्रीपूर्ण खेलमा एटलेटीकोका समर्थकहरुले रोनाल्डोलाई अस्वीकृत गर्दै ब्यानरहरुको प्रदर्शन गरेका छन्।
हाल प्रि सिजनमा तयारी गरिरहेको मड्रिडको खेलमा समर्थकहरुले “सि.आर सेभेन नट वेलकम” भन्ने ब्यानरको प्रदर्शन गरेका छन्।
लस रोजिब्लान्कोस ति क्लबहरू मध्ये एक हो, जसलाई जर्ज मेन्डेसले रोनाल्डोको प्रस्ताव गरेका थिए।
एस्टाडियो वान्डा मेट्रोपोलिटानोमा केही पदाधिकारीहरु रोनाल्डोलाई क्लवमा भित्र्याउनका लागि उत्सुक मानिन्छ।
यसका लागी उसले एन्टोनी ग्रिजम्यान बेच्न समेत तयार रहेको रिपोर्ट इंग्लिस रिपोर्टहरुले बताएका छन्।
यद्यपि, फ्यानहरूले भने आफूहरू यो विचारको पक्षमा नभएको स्पष्ट पारेका छन्।
एट्लेटिको म्याड्रिड समर्थक समूहहरूको अन्तर्राष्ट्रिय संघले प्रस्तावित कदमको कडा विरोधमा बाहिर आएको छ।
समुहले बोल्दै आफ्नो एक विज्ञप्ति जारि गर्दै क्रिस्टियानो रोनाल्डोको आगमनलाई “पूर्ण अस्वीकृति” रहेको कुरा व्यक्त गर्यो।
“रोनाल्डोको आगमन भनेको “मान्यताहरूको विरोधी” कदम हो जसको लागि एटलेटी समर्थक समुह खडा हुन्छ।”
“प्रयास, निस्वार्थता, र नम्रता” हाम्रा मूल्यमान्यता रहेका छन् र यो कदमले यी सबै कुराहरुलाई विरोधाभास बनाउँदछ।”
आफ्नो भावनालाई स्पष्ट पार्दै, एटलेटिको समर्थकहरूको समूहले क्लबलाई यदि यो कुनै बिन्दुमा विचार गरिएको भए, उनको हस्ताक्षरको सम्भावनालाई खारेज गर्न आग्रह गर्यो।