साडियो मानेले लिभरपुल छाड्ने

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सेनेगल तथा लिभरपुलका स्टार फरवार्ड साडियो मानेले लिभरपुल छाड्ने भएका छन्।

च्याम्पियन्स लिगमा पराजय बेहोरे सँगै साडियो मानेले पनि आफ्नो भविष्य अन्तै विचार गर्ने निर्णय गरेका हुन।

फाइनल अघि आफ्नो भविष्यको पूर्ण जानकारी खेल पश्चात मात्र दिने बताएका मानेले, लिभरपुलमा आफ्नो ६ वर्षे करियरको अन्त्य गर्ने पक्का भएको छ।

सन् २०१६ मा इंग्लिस टोली साउथह्याम्पटनबाट ३६ मिलियनमा लिभरपुलमा आबद्ध भएका मानेले घरेलु तथा युरोपियन गरेर सबैखाले शिर्ष प्रतियोगिता जितिसकेका छन्।

सन् २०१६ यता लिभरपुलको प्रमुख खेलाडीका रूपमा उदाएका मानेले रेड्सका लागि २६९ खेलमा १२० गोल र ४९ एस्सिस्ट प्रदान गरेका छन्।

लिभरपुलले झन्डै तीन दशकको पश्चात शीर्ष डिभिजनको उपाधि हात पार्दा उनी सँगै सालाह र फर्मिनोको जोडीले ख्याती कमाएको थियो।

यससँगै तिनै खेलाडीको बलियो उपस्थितिमा लिभरपुलले छैटौं पटक युरोपेली च्याम्पियन्स लिग प्रतियोगिताको उपाधि समेत जित्न सफल भयो।

यसै सिजन घरेलु प्रतियोगितामा शीर्ष दुई उपाधि एफए कप र लिग कप उठाउँदै साडीओ मानेले इङ्लिस फुटबलमा आफ्नो ट्रफी क्याबिनेट पूर्ण गरेका छन्।

लिभरपुल छाड्ने निर्णय गरेसँगै बायर्न म्युनिख संगै अन्य शिर्ष क्लबहरुले आगामी दिनहरुमा उनको स्थिति मध्यनजर गर्ने इंग्लिस रिपोर्ट हरुले बताएका छन्। 

Leave a Reply

Next Post

रेलिगेसनमा परेपछि समर्थकद्वारा आफ्नै खेलाडी माथि आक्रमण

Mon May 30 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली शिर्ष डिभिजनमा आफ्नो क्लब दोस्रो डिभिजनमा घटुवा भएपछि समर्थक आफ्नै खेलाडीमाथि जाइलागेका छन्।  झण्डै दुई दशक पश्चात् फ्रान्सेली क्लब सेन्ट इटेन रेलिगेसनमा परे पछि घरेलु मैदानमा आफ्नै समर्थकले खेलाडीमाथि आक्रमण गरेका छन्। फ्रान्सेली दोस्रो डिभिजनको क्लब अजेरे संगको रेलिगेसन प्ले अफ खेलमा पराजित भए पश्चात सेन्ट […]
%d bloggers like this: