साफ च्याम्पियनशिप: बंगलादेशद्वारा भारत पराजित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारि साफ यु २० च्याम्पियनशिप प्रतियोगिता अन्तर्गत घरेलु टोली भारतले पराजय बेहोरेको छ। 

समूह चरणमा आफ्नो पहिलो खेल खेलेको भारतले बङलादेश विरुद्ध २-१ गोल अन्तरको पराजय बेहोरेको हो।

अर्कोतर्फ बङ्लादेशी टोलीले भने लगातार दोस्रो जित निकाल्दै तालिकामा शीर्ष स्थान हात पारेको छ। 

भारतको भुवनेश्वरमा भएको खेलमा बङ्गलादेशका तर्फबाट दुवै गोल स्ट्राइकर पियुष नोभाले गरेका थिए। 

भारतका तर्फबाट सान्त्वना गोल गुर्किरत सिंहले गरेका थिए। भारत यस संस्करणमा साविकको विजेता रहेको छ।

बङ्गलादेशले यसअघि श्रीलंकालाई १-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

प्रतियोगिता अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको नेपालले आज जित निकाल्न सकेमा तालिकामा शीर्ष स्थानमा प्रवेश गर्नेछ।

सिंगल राउण्ड रोबिन आधारमा खेलिने प्रतियोगितामा शीर्ष दुई स्थान हात पार्ने टोलीले प्रतियोगिताको फाइनल प्रवेश गर्नेछन्।

Leave a Reply

Next Post

साफ च्याम्पियनशिप: नेपालको लगातार दोस्रो जित

Wed Jul 27 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारी साफ यु २० फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल आफ्नो दोस्रो खेलमा श्रीलंका विरुद्ध विजयी भएको छ।  पहिलो खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको नेपालले, आज लगातार दोस्रो जित निकाल्ने क्रममा श्रीलंकालाई ३-० ले पराजित गरेको हो।  गोलरहित रहेको पहिलो हाफलाई उल्ट्याउँदै नेपालले दोस्रो […]
%d bloggers like this: