साफ च्याम्पियनशिप: नेपालको लगातार दोस्रो जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारी साफ यु २० फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल आफ्नो दोस्रो खेलमा श्रीलंका विरुद्ध विजयी भएको छ। 

पहिलो खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको नेपालले, आज लगातार दोस्रो जित निकाल्ने क्रममा श्रीलंकालाई ३-० ले पराजित गरेको हो। 

गोलरहित रहेको पहिलो हाफलाई उल्ट्याउँदै नेपालले दोस्रो हाफमा आक्रमक खेल पस्केको पछि थप तीन गोल गर्न सफल भएको थियो।

उच्च लयमा रहेको नेपाली टोलीलाई रोक्नका लागि श्रीलंकाली डिफेन्सले मजबुत खेल देखाएपनि दोस्रो हाफमा सोहि लयलाई कायम राख्न सकेनन्।

सेट पिस र काउन्टर अट्याकलाई आफ्नो मुख्य हतियार बनाएको श्रीलंकाली टोलीले नेपाली रक्षापंक्तिको परिक्षा लिन भने सफल भयो।

भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १-१ गोल गरे।

दोस्रो हाफको खेलको ५९ औं मिनेटमा कप्तान आयुषले श्रीलंकन गोलकिपरको फितलो पन्च पछि आएको बललाई गोलमा परिणत गरेका थिए।

दोस्रो गोल गर्न आयुषकै मुख्य भूमिका रह्यो। आयुषले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई कृतिशले डी एरिया नजिकैबाट चिप शैलीमा गोल गर्दै अग्रता दोब्बर बनाए।

खेलको ८० औं मिनेटमा नेपालले ३-० को अग्रता लियो। सुगम सुवालको पासमा मनग्यले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गर्दै जित सुनिश्चित गरे।

जितसँगै नेपालले समूह चरणमा शीर्ष स्थान हात पारेको छ।

बंगलादेश विरुद्ध अङ्कमा बराबरी गरेको पनि गोल भिन्नताका आधारमा नेपालले शीर्षस्थानमा पकड जमाएको हो।

यसघि समूह चरणमा आफ्नो पहिलो खेल खेलेको भारतले बङलादेश विरुद्ध २-१ गोल अन्तरको पराजय बेहोरेको थियो।

अर्कोतर्फ बङ्लादेशी टोलीले भने लगातार दोस्रो जित निकाल्दै तालिकामा दोस्रो स्थान हात पारेको छ। 

भारतको भुवनेश्वरमा भएको खेलमा बङ्गलादेशका तर्फबाट दुवै गोल स्ट्राइकर पियुष नोभाले गरेका थिए। 

बङ्गलादेशले यसअघि श्रीलंकालाई १-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

 

Leave a Reply

Next Post

बार्सिलोनालाई खेलाडी दर्ता गर्न अझै समस्या

Thu Jul 28 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| स्पेनिस क्लब बार्सिलोनाले यसै महिनामा आफ्नो रोस्टरमा लेवान्डोस्की, केसे, राफिन्हा र डेमबेलेको नयाँ सम्झौता प्रक्रिया सम्पन्न गरेको छ। यी ट्रान्सफर, क्लबका दिग्गज तथा वर्तमान प्रशिक्षक जाभी हर्नान्डेजको आगमन पश्चात बार्सिलोनाले गरेको महत्वपूर्ण रहेका छन्। क्लबको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको बार्सिलोनाले देखाएको क्रान्तिकारी परिवर्तनले, आगामी दिनहरु […]
%d bloggers like this: