सागर थापाको त्यो अविस्मरणीय फ्रि-किक, जसले पुरै एसिया हल्लायो ( Watch )

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौंसन्दर्भ सन् २०११ को साफ च्याम्पियनसिपमा नेपालको समूह चरणको दोश्रो खेल हो, जतिबेला नेपालले बङगलादेश विरुद्ध खेल्दै थियो।

पहिलो खेलमा माल्दिभससँग बराबरी खेलेको नेपाल दोस्रो खेलमा अनिवार्य जितको खोजीमा बङ्गाली टोलीलाई मैदानमा सामना गर्दै थियो।

दुवै देशलाई जित निकाल्न सकेको अवस्थामा साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण सहज हुने स्थिती बनेको खेल निकै रोमान्चक बनेको थियो।

रोमाञ्चक हुदाँ हुँदै पनि खेलमा दुबै टोलीबाट गोल हुन नसक्दा बराबरी तर्फ मोडिएको खेलमा सागर थापाले अन्तिम क्षणमा यस्तो शानदार गोल गरे जुन गोल अझैपनि हरेक नेपालीको आँखामा बसेको छ।

बंगलादेश विरुद्धको ९४ औं मिनेटमा चीत्कार गर्ने समयसम्म सागर थापा अपरिचित अनुहार थिए, जसले उनलाई धेरै हदसम्म पहिचान र नेपाललाई २०११ साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान दिलायो।

खेलको ९४ औं मिनेटमा उनले गरेको दशकौंमा एकपटक मात्र देख्न पाइने फ्रि-किक गोल, फिफाको पुस्कास अवार्ड लागि मनोनयनमा परेको थियो।

WATCH LIVE: HERE

उक्त गोलले ग्रीस विरुद्ध डेभिड बेकह्यामको फ्रिकिकको सम्झना गराउँदछ, जसलाई द टेलिग्राफले दशकको शीर्ष २० खेलकुद क्षणहरूमा स्थान दिएको थियो।

जसरी बेकह्यामको फ्री किकले इङ्ल्यान्डलाई २००२ को विश्वकपमा स्थान दिलायो, थापाको गोल पनि उत्तिकै महत्वपूर्ण थियो, जसले नेपाललाई २०११ को साफको सेमिफाइनलमा पुर्यायो।

करिब ४० यार्ड परबाट प्रहार गरेको फ्रि-किकले आधा समय निकै चौडाई लिएको थियो, तर पछि बल जसरि हावामा इन-स्विंग हुँदै बंगलादेशका किपरलाई बिट गर्दै जाली चुम्न पुग्यो त्यो वास्तबमै विश्वस्तरीय थियो। प्रत्यक्ष खेल हेर्ने दर्शकका लागि त्यो क्षण वास्तबमै अद्भुत थियो जसको बयान नै गर्न सकिदैन।

खेलपछि समग्र फुटबलका प्रशंसक हरुले सागरको त्यो गोललाई मुक्तकण्ठले प्रशंसा गर्न भ्याए। सेमीफाइनल खेल अफगानिस्तान विरुद्ध गुमाए पनि सागर थापाको त्यो गोल नेपाली फुटबल इतिहासकै यादगार पलको रुपमा अझैपनि ताजा छ।

 

Leave a Reply

Next Post

सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक

Fri Oct 29 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ। उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले भरखर “बि” डिभिजनबाट बढुवा भएको सातदोबाटो युथ क्लबसँग खेल्नेछ। उद्घाटन खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच दुई राउण्डको खेल सार्वजनिक गरिएको […]
%d bloggers like this: