हाम्रो नेपाल स्पोर्ट्स,काठमाडौं। अस्ट्रेलियन टि ट्वान्टी लिग बिग बास लिगको नयाँ संस्करणको ड्राफ्टमा सन्दीप लामिछाने परेका छन्।
पछिल्लो समय लगातार बिग ब्यासमा सहभगिता जनाईरहेका नेपालका कप्तानले यसपटक पनि लिग खेल्ने प्रवल सम्भावना रहेको छ
बीबीएलले बुधबार आफ्नो आधिकारिक सामाजिक संजालबाट लेग स्पिनर सन्दीप ड्राफ्टमा रहेको जनाएको छ।
उनी ड्राफ्टमा अटाउने एक्लो नेपाली खेलाडी हुन्। सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेका छन्।
बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ ।
सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् ।
आफ्नो पहिलो दुई संस्करण सन्दीपले मेलवर्न स्टारमा बिताएका थिए। पछिल्ला दुई संस्करण भने होर्बाट हरिकेन्समा रहेका थिए।
सन्दीपले बिग ब्यासमा हालसम्म ४३ खेलमा १५९.५ ओभर बलिङ गर्दै ७.४२ को इकोनमीमा रन खर्चिदै कुल ४८ विकेट लिएका छन्।
-खेलपाटि