हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने श्रीलङ्कन प्रिमियर लिगमा अनुबन्धित भएका छन्।
श्रीलंकाली टोली डम्बुला जायन्ट्सले सन्दिपलाई ४० हजार डलरमा बोलि लगाउदै आफ्नो टोलीमा समावेश गरेको हो।
सन्दीप इन्टरनेशन डाइमण्डको समूहबाट अनुबन्ध भएका हुन्। अक्सनमा ३ सय ५३ खेलाडी छन्।
जसमा १ सय ८० विदेशी खेलाडी र १ सय ७३ श्रीलंका खेलाडी रहेका छन्। ड्राफ्ट २० राउण्ड सम्म चल्नेछ।
तेस्रो संस्करणको लंका प्रिमियर लिग प्रतियोगिता जुलाई ३१ बाट अगस्ट २१ सम्म चल्ने छ ।
प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् भने कुल २४ खेलहरु खेलाईनेछ।
कप्तान सन्दीप लामिछानेले यो बाहेक अस्ट्रेलियाको टीट्वेन्टी प्रतियोगिता बिग व्यासमा होबर्ट हुरिकेन्सबाट खेल्दै आएका छन्।
-एजेन्सी