४ पटकका विश्वविजेता सेवास्टियन भेट्टलले सन्यास लिँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| चार पटकका विश्व च्याम्पियन फर्मुला वान ड्राइभर सेबास्टियन भेटलले फर्मुला वानबाट सन्यास लिने खुलासा गरेका छन्। 

यसै सिजनको अन्त्यबाट भेट्टलले आफ्नो यादगार करियरबाट पर्दा उतार्ने भएका हुन।

सन् २०१० देखि २०१३ सम्म लगातार चारपटक विश्व बिजेता बन्न सफल भएका जर्मन ड्राइभर सेबास्टियन, फर्मुला वान इतिहासकै सर्वाधिक सफल मध्ये एक रहेका छन्।

रेड बुल संगको २००९-२०१४ सम्मको उनको समय, फर्मुला वानकै सबैभन्दा यादगार समय रहेको छ।

सन् २०१५ मा फरारीसँग आबद्ध भएपछि मर्सीडिजको प्रमुख प्रतिद्वन्द्वी बन्न सफल भएपनि विश्वविजेता पनि बन्न सकेनन्।

तर फरारीसंगको उनका अन्तिम दिनहरु भने तिता अनुभबले भरिन पुगे। २०२१ यता उनि एस्टन मार्टिन संग सहकार्य गरिरहेका छन्।

भेट्टलले आफ्नो टोली एस्टन मार्टिनको वेबसाइट मार्फत एक विज्ञप्ति जारी गर्दै:

 ‘मैले विगत १५ वर्षमा फर्मुला वनमा धेरै उत्कृष्ट व्यक्तिहरूसँग काम गर्ने सुअवसर पाएको छु – उल्लेख गर्न र धन्यवाद दिनु पर्ने धेरै छन्।

‘विगत दुई वर्षदेखि म एस्टन मार्टिनको फॉर्मुला वान टोली चालक भएको छु – र, हाम्रो नतिजा हामीले आशा गरेजस्तो राम्रो नभए पनि, टोलीलाई भविष्यमा आवश्यक पर्ने सबै कुरा सँगै राखिएको छ।’

‘राम्रो टोलि सँग काम गर्न पाउँदा मलाई साँच्चै राम्रो महसुस भएको छ ।

टोलीका वरिष्ठ प्रबन्धकहरू, इन्जिनियरहरू, मेकानिकहरू र टोलीका बाँकी – महत्वाकांक्षी, सक्षम, विशेषज्ञ, प्रतिबद्ध र मैत्री छन्, र म तिनीहरू सबैलाई शुभकामना दिन्छु।

‘मलाई आशा छ कि मैले गत वर्ष गरेको काम र यो वर्ष जारी राख्दैछु।’

‘संन्यास लिने निर्णय मेरो लागि लिन गाह्रो भएको छ, र मैले यस बारे सोच्न धेरै समय बिताएँ। वर्षको अन्त्यमा म अर्को कुरामा के केन्द्रित हुनेछु भनेर प्रतिबिम्बित गर्न केही समय लिन चाहन्छु।”

तीन सन्तानका बुवा समेत रहेका जर्मन ड्राइभरले, परिवारलाई समय दिनका लागि पनि आफुले यस्तो कदम चालेको बताएका छन्। 

Leave a Reply

Next Post

नेपाली यु २० : सुन्दर फुटबल संगै चुनौती पनि

Thu Jul 28 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारी साफ यु २० फुटबल प्रतियोगितामा दुबै खेलमा जित पश्चात नेपाल हाल शीर्ष स्थानमा रहेको छ। दुबै खेलमा सहज जित निकालेको नेपालले प्रतियोगितामा सबैभन्दा उत्कृष्ट फुटबल खेलिरहेको छ। उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गर्दा कम्जोर टोलि भन्नेहरुका लागि दोस्रो खेल गतिलो झापड थियो। […]
%d bloggers like this: